पैचिङमा “बेल्ट एण्ड रोड” सम्बन्धी व्यवसायी सम्मेलन

ram naam satya
“बेल्ट एण्ड रोड” सम्बन्धी व्यवसायी सम्मेलन आज अप्रिल २५ तारिख पैचिङमा आयोजना गरियो। चीनले “बेल्ट एण्ड रोड” सम्बन्धी अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्चको अवधिमा यस्तो भब्य सम्मेलनको आयोजना गरेको यो पहिलो पटक हो। सम्मेलनमा चीन र विदेशका ८ सय ५० भन्दा बढी प्रतिनिधिहरू सहभागी भएका छन्। तीमध्ये विदेशी प्रतिनिधिहरू ८० भन्दा बढी मुलुक र क्षेत्रका छन्।

 

सम्मेलनमा सहभागी प्रतिनिधिहरूले “बेल्ट एण्ड रोड” प्रस्तावले अझ बढी मझौला र स-साना व्यवसायलाई संलग्न हुन छुट दिएको भन्दै विभिन्न मुलुकका उद्योग-वाणिज्य क्षेत्रले सँगै मिलेर “बेल्ट एण्ड रोड” अवसरको उपभोग गर्नसक्ने आशा व्यक्त गरेका छन्।

यस सम्मेलनमा पूर्ण बैठक, सन्धि हस्ताक्षर समारोह, चिनियाँ र विदेशी व्यवसाय बीचको सम्पर्क गोष्ठी र समापन समारोह चारभाग समावेश छन्।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *