पैचिङमा पहिलो पटक सिल्क रोड सम्बन्धी नागरिक संगठन सहयोग नेटवर्क मञ्च शुरु

ram naam satya
(GMT+08:00) 2017-11-21 17:35:35

पहिलो पटक सिल्क रोड सम्बन्धी नागरिक संगठन सहयोग नेटवर्क मञ्च आज नोभेम्बर एकाईस तारिख पैचिङमा शुरु भयो। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले यो मञ्चलाई हार्दिक बधाई पठाउनुभएको छ।

राष्ट्राध्यक्ष सीले बधाईमा सम्बन्धित मुलुक बीचका नागरिकको आदान प्रदान र सहयोग बढाउनका लागि सिल्क रोड सम्बन्धी नागरिक संगठन सहयोग नेटवर्क निर्माण गर्न आवश्यक रहेको जनाउनुभएको छ। उहाँले यस पटकको मञ्चमा सहभागी हुनुभएका विभिन्न प्रतिनिधिहरुले छलफल गर्दै विभिन्न मुलुकका जनताको आपसी जानकारी र मित्रता बढाउने, विभिन्न मुलुकको साझा विकास गर्न योगदान दिनुपर्ने बधाई सन्देशमा उल्लेख गर्नु भएको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका मन्त्री सौ थाउले उद्धाटन समारोहमा राष्ट्राध्यक्ष सीको बधाई सन्देश पढ्नुभएको थियो।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले हार्दिक बधाई पठाउनुभयो। इजिप्टका पूर्व प्रधानमन्त्री इसाम शराफ, रोमानियाका पूर्व प्रधानमन्त्री विक्टर पोन्ता र चिनियाँ नागरिक संगठन अन्तर्राष्ट्रिय आदनप्रदान प्रवर्द्धन संस्थाका प्रमुख सुङ च्या छङले पनि सम्बोधन गर्नुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *