पैचिङमा दशौँ चीन-अमेरिका राजनीतिक पार्टी सम्झौता-वार्ता

ram naam satya
(GMT+08:00) 2017-12-04 18:00:01

दशौँ चीन-अमेरिका राजनीतिक पार्टी सम्झौता-वार्ता पैचिङमा आयोजना गरिएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ थाउले सो सम्झौता-वार्ताको उद्धाटन समारोहमा सहभागी हुँदै महत्वपूर्ण सम्बोधन पनि गर्नुभएको छ।

प्रमुख सोङका अनुसार, चीन र अमेरिका दुवै देशका राजनीतिज्ञ र रणनीतिक क्षेत्रका व्यक्तिहरू पैचिङमा भेला भई चिनियाँ कम्युनिष्ट पार्टी र विश्वका राजनीतिक पार्टी बीचको उच्च तहको सम्झौता-वार्ताको प्रारुपमा चीन र अमेरिका: नयाँ शुरुवात, नयाँ अवसर, नयाँ सहयोग भन्ने मुख्य विषय बमोजिम सम्झौता-वार्ता भएको कुराको ज्यादै विशेषतायुक्त र महत्वपूर्ण अर्थ रहेको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *