

सन् 2018 राजधानी संग्रहालयको उच्चस्तरीय प्रदर्शनीमध्येको एक अर्थात् थेन लु वन ह्वा—तिब्बती इतिहास र सँस्कृति प्रदर्शनी फेब्रअरी सत्ताईस तारिखदेखि शुरु भएको छ। पैचिङ, तिब्बत, ह पै, छोङ छिङ र छिङ हाइ पाँच प्रान्त र क्षेत्रका एक्काईसवटा साँस्कृतिक सम्पदा संरक्षण एकाईले उपलब्ध गराएका जम्मा दुई सय एक्काईसवटा मूल्यवान साँस्कृतिक सम्पदा वस्तुलाई पैचिङमा पाँच महिनासम्म प्रदर्शन गरिनेछ।
उक्त प्रदर्शनीमा देखाउने दुई सय एक्काईसवटा मूल्यवान साँस्कृतिक सम्पदा वस्तुमध्ये तिब्बतका सँस्कृति संग्रहालय र गुम्बाहरूद्बारा उपलब्ध गराइएका एक सय पचासीवटा साँस्कृतिक वस्तु पनि समावेश छन्। राजधानी संग्रहालयका प्रमुख हान चान मिङका अनुसार, तिब्बती गुम्बाद्बारा उपलब्ध गरिएका केही साँस्कृतिक वस्तुहरू सर्वसाधारणसमक्ष प्रदर्शन गरिएको यो पहिलो पटक हो।

यो प्रदर्शनीबाट सर्वसाधारणका लागि निकट रुपमा तिब्बती इतिहास र सँस्कृतिको अवलोकन गर्ने चौतारोको उपलब्ध गराइएको छ।
