पैचिङदेखि श्युङ आनसम्मको रेलमार्गको निर्माण शुरु

ram naam satya

पैचिङदेखि श्युङ ह पै प्रान्तको श्युङ आनसम्मको रेलमार्गको निर्माण हिजो फेब्रअरी अठाइस तारिख शुरु भयो। यो श्युङ आन नयाँ क्षेत्रमा निर्माण गर्ने पहिलो महत्वपूर्ण यातायात परियोजना पनि हो। रेलमार्गको निर्माण पूरा भएपछि पैचिङदेखि श्युङ आनसम्म पुग्न तीस मिनेट मात्र लाग्नेछ।

यस रेलमार्गलाई चिङ श्युङ रेलमार्गको नाम दिइएको छ। पैचिङको शहरी क्षेत्रको ली यिङ स्टेशनबाट पैचिङको नयाँ विमान स्थल, पा चौ शहर हुँदै श्युङ आन नयाँ क्षेत्रमा पुगिन्छ। रेलमार्गको कूल लम्बाई बयान्नब्बे दशमलब चार किलोमिटर रहेको छ। रेलमार्गको निर्माणका लागि कूल लगानी तेंतीस अर्ब त्रिपन्न करोड चिनियाँ युआन रहेको छ। चिङ श्युङ रेलमार्गको निर्माण निर्देशक याङ पिनका अनुसार, यो रेलमार्गको निर्माणपछि श्युङ आन नयाँ क्षेत्र तथा पैचिङ, थेनचिन र चीनका मुख्य शहरहरुको एक्सप्रेस रेलमार्ग बीचको बाटो हुनेछ। त्यसले पैचिङ, थेनचिन र ह पै प्रान्तको समन्वयात्मक विकासलाई अघि बढाउन महत्वपूर्ण भूमिका खेल्नेछ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *