पेरिसको नोट्री डमको आगलागीप्रति चिनियाँ राष्ट्राध्यक्षको समवेदना

ram naam satya

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले फ्रान्सको पेरिसस्थित प्राचीन तथा संसारभर चर्चित नोट्री डममा भीषण आगलागी भएकोप्रति फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोनलाई समवेदना सन्देश पठाएर समस्त फ्रान्सेली जनताप्रति हार्दिक सहानुभूति प्रकट गर्नुभएको छ।

उहाँले पेरिसको नोट्री डम फ्रान्सेली सभ्यताको महत्वपूर्ण प्रतीक भएको बताउँदै मानवजातिय सभ्यताकै उत्कृष्ट सम्पदा भएको स्मरण गर्नुभयो। चिनियाँ जनतालाई पनि फ्रान्सेली जनतालाई जस्तै यस आगलागीको घटनाप्रति गहिरो दुःख लागेको भन्दै फ्रान्सेली जनताको प्रयास र अन्तर्राष्ट्रिय समूहको समर्थनमा पेरिसको नोट्री डमको आवश्यक पुनःनिर्माण भएर फरि प्रतिभाशाली गन्तव्य बन्ने आफ्नो विश्वास रहेको पनि उहाँले उल्लेख गर्नुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *