पूर्वी नेपालको पाँचथर जिल्लामा चौरी महोत्सवको तयारी

ram naam satya

पाँचथरमा चौरी महोत्सवको तयारी सुरु भएको छ। नयाँ वर्षको दिन जिल्लाको फालेलुङ गाउँपालिकास्थित चाररातेमा तेस्रो चौरी महोत्सवका लागि तयारी अघि बढाइएको हो। परम्परागत गोठ राख्ने तथा चौरी पाल्ने परम्पराको प्रवर्द्धन, जैविक विविधताको संरक्षण, पर्यटन प्रवर्द्धनका लागि भन्दै नेपाल भारतको सीमाना चाररातेमा महोत्सव हुन लागेको हो।

यसअघि दुई दिन सञ्चालन हँदै आएको महोत्सव यो वर्ष भने एक दिनमात्र हुँनेछ। विगतमा गैरसरकारी क्षेत्रबाट हुने महोत्सव यो वर्षदेखि फालेलुङ गाउँपालिका आफैंले गर्ने भएको छ। महोत्सवका लागि गाउँपालिकाका प्रमुख सञ्चकुमार केरुङको अध्यक्षतामा १३ सदस्यीय मुल आयोजक समिति बनाइएको छ।

नागरिकन्यूज डटकमका अनुसार फालेलुङ गाउँपालिकामा एसियामै पहिलो पटक विगत दुई वर्षदेखि यो महोत्सव हुँदै आएको छ। महोत्सवका लागि करिब १० लाख खर्च लाग्ने अनुमान गरिएको छ। चौरी महोत्वसमा पाँचथर, ताप्लेजुङबाट चौरी प्रदर्शन गर्ने, विभिन्न स्टल राख्ने, खानपान, र्याक राईडिङ लगायका कार्यक्रम हुने जानकारी दिइएको छ।

समुद्र सतहदेखि ३ हजार ३ सय मिटर उचाईमा महोत्सव हुने गर्छ। महोत्सव अवलोकनका लागि भारत, भुटान तथा नेपालका विभिन्न क्षेत्रबाट मानिसको उपस्थिति रहने गर्छ। गुराँस फूल्ने, हिमाल खुल्ने सिजन भएकाले यो महोत्सवको महत्व बढिरहेको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *