पूर्वयुवराजा पारस शाह पशुपति क्षेत्रमा !

ram naam satya

केही समयको अन्तरालपछि मंगलबार पूर्वयुवराजा पारस शाह केही युवा र समर्थकका साथमा पशुपति क्षेत्रमा न्यु लुक्समा सार्वजनिक भए।

मंगलबार दिउँसो ३ बजे गुहेश्वरी र ३:३० बजे पशुपतिकाे दर्शन गर्न पुगेका पारस शाहलाई सवारीसाधनबाट अाेर्लने बित्तिकैबाट समर्थकहरुले घेरेका थिए। अाफ्ना समर्थकका माँझमा मुसुमुसु मुस्कुराउँदै हिडिरहेका उनले कसैलाई पनि कुनै प्रतिक्रिया जनाएनन्। पारस शाहले गुहेश्वरी र पशुपतिनाथकाे दर्शन गर्ने कार्यक्रम थाहा पाएर पत्रकारहरु पनि त्यहाँ पुगेका थिए। पत्रकारले जिज्ञासा राख्न खाेज्दा उनका साथमा रहेका समर्थकले अवरोध गरेका थिए।  लामालामा दाह्री र केश पालेका पारसले घाँटीमा रुद्राक्षकाे माला र लामो कोट लगाएका थिए। बाँकी भिडियोमा हेर्नुस् :

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *