पुनर्निर्माणका लागि स्कूलको नक्सा दिन चीनको अनुरोध

ram naam satya
चीनले दरबार हाईस्कूलको नक्सा अबिलम्व फाइनल गर्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ। चिनीयाँ दूतावास टोलीसँग सोमबार बसेको बैठकमा दरबार हाईस्कूलको नक्सा छिटो फाइलन गर्न आग्रह गरेको शिक्षा मन्त्रालयका सहसचिव डिल्ली रिमालले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘दरबार हाईस्कूलको नक्सा पुरातत्व विभागले फाइनल गरेको छ। तर पहिला जस्तो थियो त्यस्तै शैलीमा बनाउनुपर्छ भनेको छ।’

चीनले तयार गरेका डिजाइनअनुसार विद्यालय ४ तल्लाको हुने सेतो पाटी अनलाइनले लेखेको छ।

१२६ वर्षअघि यूरोपेली शैलीमा निर्माण भएको यो विद्यालयलाई रेट्रोफिट गरी बचाउनु पर्ने सम्पदाविद्हरूको माग रहेको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *