पाकिस्तानका प्रधानमन्त्री इमरान खानले चीनको भ्रमण गर्नुहुने

ram naam satya

पाकिस्तानका लागि चिनियाँ राजदूत याउ चिङ्गका अनुसार चीन सरकारको निमन्त्रणामा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले चीनको भ्रमण गर्दै पैचिङ्गमा आयोजना हुने दोस्रो एक पेटी एक मार्ग अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चमा भाग लिनुहुने छ। यस अवसरमा यी दुबै पक्षले नागरिक जीवन क्षेत्रमा श्रृँखलावद्ध सहयोगात्मक सम्झौतामा हस्ताक्षर गर्नेछन्।

राजदूत याउले इस्लामावादमा आयोजना भएको ‘चीन पाकिस्तान आर्थिक करिडोर–क्षेत्रीय अर्थतन्त्रको वृद्धि तथा स्थिरताको पूर्वानुमान’ भन्ने शीर्षकको नयाँ पुस्ताको प्रकाशन समारोहमा भाग लिँदै उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार चीन-पाकिस्तान आर्थिक करिडोरले पाकिस्तानको आर्थिक शक्ति,क्षेत्रीय स्थिरता र समृद्धिका लागि सकारात्मक भूमिका सिर्जना गरेको छ। चीन भ्रमणको अवसरमा प्रधानमन्त्री खानले चीनसँग यस आर्थिक करिडोरको आउने चरण विकासबारेमा छलफल गर्दै शिक्षा,स्वास्थ्य,कृषि,गरिबी निवारण,श्रम स्रोत आदि नागरिक मामिलाका श्रृंखलाबद्ध सम्झौतामा हस्ताक्षर गर्नुहुने छ।

भावी तीन वर्षमा चीन सरकारले चीनमा अध्ययनरत् पाकिस्तानी विद्यार्थीका लागि बीस हजार नगद पुरस्कार पाउने कोटा प्रदान गर्ने, पाकिस्तानको खाइबर पाक्थुन्ख्वा र बालोचिस्तान प्रान्तमा अस्पतालको स्थापना गर्ने आदि योजना रहेको छ।

चीन पाकिस्तान आर्थिक कोरिडोर–क्षेत्रीय अर्थतन्त्रको वृद्धि तथा स्थिरताको पूर्वानुमान भन्ने पुस्तक बाह्र जना चिनियाँ तथा पाकिस्तानी विशेषज्ञद्वारा तयार पारिएको हो। यस पुस्तकले मुख्य गरी चीन र पाकिस्तान आर्थिक कोरिडोर योजनाको मैत्री विकास अवस्था र पाकिस्तानका लागि ल्याइएको परिवर्तनको जानकारी दिएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *