पाँच वर्षयता चीनको प्रदूषण अवस्थामा व्यापक सफलता प्राप्त चीनको वातावरण मन्त्रालयद्वारा व्यक्त

ram naam satya
(GMT+08:00) 2017-12-11 16:24:20

       चीनका वातावरण सुरक्षा मन्त्री ली काङ च्येले पाँच वर्षयता चीनमा पर्यावरणीय वातावरण व्यवस्थापन मोडल स्थापना गरिएको र प्रदूषणको अवस्थामा व्यापक सफलता प्राप्त भएको बताउनुभएको छ।

दश तारिख आयोजित सन् 2017चीनको वातावरण र विकास अन्तर्राष्ट्रिय सहयोग समिति वार्षिक सम्मेलनमा उहाँले चिनियाँ राज्य परिषदले वायुमण्डलीय, पानी र माटो प्रदूषण व्यवस्थासम्बन्धमा तीन वटा योजना प्रस्तुत गरेको भन्दै प्रदूषण व्यवस्थामा धेरै सफलता प्राप्त गरेको बताउनुभयो।

उहाँले सन् 2017 को जनवरीदेखि नोभेम्बरसम्म चीनको 338 वटा शहरमा पिएम 10को औसत मात्रा सन् 2013 को सोहि अवधिको तुलनामा 20.4 प्रतिशतले घटेको पनि जानकारी दिनुभयो। साथै उहाँले सन् 2017 को पिएम 2.5 को औसत सन् 2013को तुलननमा स्पष्ट रुपमा घटेको बताउनुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *