पहिलो त्रैमासिक चीनको केन्द्रिय उद्योगको उत्पादन र संचालन अवस्था स्थिर

ram naam satya

चीनको राज्य परिषद मातहत राज्य स्वामित्व सम्पत्ति पर्यवेक्षण र व्यवस्थापन समितिका प्रवक्ता फङ ह्वा काङले यसै वर्षको पहिलो त्रैमासिकमा केन्द्रिय उद्योगको उत्पादन तथा संचालन अवस्था राम्रो रहेको जानकारी दिँदै मुख्य आर्थिक सूचकले राम्रो वृद्धि कायम राखेसँगै मिश्रित स्वामित्व लगायत सुधार कार्यबाट सक्रिय उपलब्धि हासिल भएको जानकारी दिनुभएको छ।

आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता फङले उक्त कुरा बताउनुभएको हो। समितिले सार्वजनिक गरेको सूचीअनुसार, यसै वर्षको पहिलो त्रैमासिकमा केन्द्रिय उद्योगको बिक्री आम्दानी 68 खर्ब चिनियाँ युआन पुगेको छ भने गत वर्षको सोहि अवधिको तुलनामा 6.3 प्रतिशत बढेको छ साथै लाभको मात्रा 4 खर्ब 26 अर्ब 50 करोड चिनियाँ युआन पुगेको छ भने गत वर्षको सोही अवधिको तुलनामा 13.1 प्रतिशत बढेको छ। यसका साथै आर्थिक तथा सामाजिक विकासको लागि केन्द्रिय उद्योगको योगदान पनि बढेको छ। सो अवधिमा केन्द्रिय उद्योगले तिरेको करको मात्रा 6 खर्ब 49 अर्ब 44 करोड चिनियाँ युआन पुगेको छ भने गत वर्षको सोही अवधिको तुलनामा 9.8 प्रतिशत वृद्धि भएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *