पश्चिम नेपालमा तातोपानी स्नान

ram naam satya

म्याग्दी जिल्लाका विभिन्न प्राकृतिक तातोपानीका पोखरीहरुमा डुबेर उपचार गर्ने बिरामीहरुको भीड लागेको छ। बेनी नगरपालिका–४ स्थित प्राकृतिक तातोपानी कुण्डमा माघदेखि नै पोखरीमा डुब्ने उपयुक्त समय भएकोले स्थानीय समेत देशका विभिन्न क्षेत्रबाट हाडजोर्नी दुखेको, ग्याष्ट्रिक र छालाका रोगीहरु प्रकृतिक उपचारकालागि आएका छन् । अहिले जिल्लाको नारच्याङ्बेसी, भुरुङ्ग–तातोपानी, रातोपानी, महभीर, दग्नाम, सिङ्गा र मुदी बगरको प्रकृतिक तातोपानीमा बिरामीको ओइरो लागेको छ। बिरामीको अधिक चाप भएकोले सिङ्गा तातोपानीमा महिला र पुरुषहरुको दैनिक दुई घन्टाको पालो लगाइएको छ।

‘अहिले दैनिक ५ सय बिरामीले तातोपानीको पोखरीमा डुब्ने गरेका छन् । पोखरीमा डुब्न पालो पर्खनुपर्छ,’ तातोपानी कुण्ड व्यवस्थापन समितिका कर्मचारी मेखी खत्रीले भन्नुभयो, ‘सिजनको सुरु मै बिरामीको ओइरो लागेकोले घरधनी र होटल व्यवसायीलाई पाहुना व्यवस्थापन गर्न धौधौ भएको छ ।’

अर्थोपेडिक औषधिले आजित भएका देशभरका वायुगोला (ग्याष्ट्रिक), हाडजोर्नी दुखेको, मुटुको रक्तचाप र छालाका रोगीहरुको यहाँको तातोपानीमा प्राकृतिक उपचारकालागि आउने गरेका इकान्तिपुर अनलाइनले जनाएको छ ।

तातोपानीमा लगातार दुई घण्टा डुबेपछि बाहिर निक्लेर कम्बलभित्र गुम्सींदै खलखली पसिना निकालेपछि रोग निको हुने विश्वास छ।

प्राकृतिक तातोपानीमा डुब्दा रोग निको हुने विश्वासमा काठमाडौं, पोखरा, बुटवल जस्ता सुविधा सम्पन्न शहरी क्षेत्र लगाएत देशका विभिन्न भागबाट बिरामीहरु उपचारका लागि त्यहाँका विभिन्न तातोपानीका कुण्डमा डुब्न आउने गरेका छन्।

प्राकृतिक उपचारबाट रोग निको भएको विश्वास बढेपछि सुविधासम्पन्न क्षेत्रका बिरामी पनि तातोपानीका कुण्डमा डुब्न आएका हुन्।

पानी पर्दा पनि डुब्न सुविधाकोलागी छाना, पोखरीमा पुग्न बाटो र नुहाउन बाल्टीन र प्रयात्प पुरुष/महिला शौचालय बनाइएको छ । विरामीको चापको तुलनामा बजारमा होटल लगाएतका भौतिक पूर्वाधारको विकास हुन नसक्दा बिरामीलाई खाना र बस्नको समेत समस्या छ ।

बिरामीको भिड बढेपछि तातोपानी डुब्न आएका विरामी बढेपछि यहाँको ब्यापार मौलाएको छ । अहिले यहाँका माटेघरमा एउटा कोठालाई एक हप्ताको पाँच र आरसिसी भवनमा एक हजार भाडा तिर्नु पर्छ । तातोपानीमा विरामी खचाखच विरामी बढेपछि स्थानिय तरकारी कृषक, माझीहरु, दाउरे र खसी तथा राँगाको मासु समेतको राम्रो व्यापार भएको छ ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *