

हाल नेपाल सरकारका सम्बद्ध विभागहरूले नेपालभित्र पर्वतारोहण गर्ने नियमको पुन:संशोधन गर्दै दुवै आँखा नदेख्ने र दुवै खुट्टा नरहेका विकलाङ तथा चिकित्साबाट प्रमाणित नभएका व्यक्तिलाई पर्वतारोहण गर्न नदिने नयाँ नियम तोकेको छ। ती हिमालमध्ये विश्वप्रख्यात सगरमाथा पनि समावेश छ। “हिमालय टाइम्स”ले जनाएअनुसार, नेपाली बित्त र आधारभूत प्रबन्ध परिषद्ले उक्त नियम पारित गरेको छ। जुन सम्बद्ध विभागले हस्ताक्षर गरेपछि तत्काल सञ्चालनमा आउनेछ।
नयाँ नियममा आरोही एक्लै पर्वतारोहण गर्न नदिने पनि उल्लेख छ। सँगै जाने अथवा आरोहीलाई सहायता दिने पथ प्रदर्शकले अनुमोदनको प्रमाण पत्र पाएपछि मात्र पर्वतारोहण कार्यभार बहन गर्नसक्ने कुरा पनि नयाँ नियममा तोकिएको छ। तर सोह्र वर्षको उमेरभन्दा सानो पथ प्रदर्शकलाई उक्त प्रमाण पत्र वितरण गरिनेछैन।
नेपालको संस्कृति, पर्यटन र नागरिक उड्ड्यन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले एएफपीलाई अन्तर्वार्ता दिंदै सन् 2018 को वसन्तकालीन पर्वतारोहण ऋतु आउनुअघि यस्तो नयाँ नियम तोकिनुको मुख्य उद्देश्य पर्वतारोहण गतिविधिलाई अझै सुरक्षित बनाउन र दुर्घटना कम गर्नु रहेको बताउनुभयो।

