पर्यटकीय क्षेत्र चितवनमा फुड फेस्टिभलसँगै प्रेमपत्र लेखन हुने

ram naam satya

चितवनको सौराहामा १२ औं संस्करणको फुड फेष्टिवल यही माघ २८ देखि फागुन ३ गतेसम्म हुने भएको छ। फेस्टिबल प्रेम दिवस अर्थात् प्रणय दिवसको अवसरमा हरेक वर्ष जस्तै यो वर्ष पनि सौराहाको सिसवार खेलमैदानमा गरिने भएको पोखरामा आयोजित पत्रकार सम्मेलनमा क्षेत्रीय रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिनुभयो। उहाँका अनुसार ‘प्राकृतिक सौन्दर्यता, चितवन सौराहाको विशेषता’ भन्ने नारासहित फेस्टिबल ५ दिन चल्नेछ।

फेस्टिबल प्रणय दिवसको दिन फागुन २ गते पूर्वाहृन ११ बजेदेखि राति १२ बजेसम्म सञ्चालन हुनेछ भने अन्य दिनहरुमा पूर्वाहृन ११ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । फेस्टिबलमा ५० वटा खाका स्टल रहने छ भने थप १० वटा प्रदर्शनी स्टल रहने अनलाइन खबरले लेखेको छ।

त्यसैगरी महोत्सवको अवसरमा रेवान सौराहाले प्रेम पत्र लेखन प्रतियोगिता गर्ने भएको छ । खुल्ला प्रेम पत्र लेखन प्रतियोगिता गरिने र उत्कृष्टलाई पुरस्कृत गरिने अध्यक्ष गिरीले बताउनुभयो। उहाँका अनुसार महोत्सवको अवसरमा रेष्टुरेण्ट स्टाफहरुवीच वाटर रेस प्रतियोगिता, तेक्वान्दो प्रतियोगिता, महिलाहरुवीच म्यूजिकल चेयर प्रतियोगिता, ९ वर्ष मूनिका बालबालिकाहरुवीच बेलुन फुटाउने प्रतियोगिता, उत्कृष्ट खाना पकाउने प्रतियोगिता, घैला रंगाउने प्रतियोगितालगायतका कार्यक्रम हुनेछन्।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *