परामर्शदात्री सम्मेलनका अध्यक्ष र पञ्चेन लामाबीचको भेटवार्ता

ram naam satya

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका स्थायी सदस्य एवं चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष वाङयाङले हिजो मे 5 तारिख जन वृहत सभाभवनमा एघारौं पञ्चेन लामा बायनछेन अर्दिनी छोइग्यिजाबुसँग भेट-वार्ता गर्नुभएको छ।

पञ्चेन लामाले वाङयाङलाई खादा प्रदान गर्नु साथै शिक्षा तथा जीवनको बारेमा जानकारी दिनुभयो। वाङयाङले पञ्चेन लामाको बुद्धशास्त्रको स्तर, सांस्कृतिक स्तर र धार्मिक प्रभाव आदि क्षेत्रमा हासिल उपलब्धिमाथि सक्रिय मूल्याङ्कन गर्नुभएको छ।

वाङयाङका अनुसार, कमरेड सी चिन फिङलाई केन्द्रीय बनाएको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले देशभक्त धार्मिक गन्यमान्य व्यक्तको विकासमाथि ज्यादै ध्यान दिँदै आएको छ। पञ्चेन लामा तिब्बती बुद्ध धर्ममा अवतारी हुनुका साथै ध्यानाकर्षित धार्मिक नेता भएर उचित दिशातिर तिब्बती बुद्ध धर्मको विकास गर्ने, मातृभूमिको एकीकरण तथा जातीय एकताको सुरक्षा गर्ने जिम्मेवार वहन गर्नुहुन्छ। पञ्चेन लामाले व्यापक धार्मिक व्यक्ति तथा धर्मावलम्बीको नेतृत्व गरेर सबै प्रकारको पृथकतावादी पक्षको विरोध गर्ने, धर्मको चिनियाँ विशेषता बनाउने दिशालाई लागू गर्ने , सक्रिय रूपमा व्यवहार गर्नुका साथै धार्मिक तथा सांस्कृतिक विज्ञानको विकास गर्ने आशा वाङले बताउनुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *