नेपाल समूहविजेता हुँदै सेमिफाइनलमा

ram naam satya

पहिलो इनिङको समाप्तिपछि वर्षा भएपछि अंक बाँडिएको खेलमा नेपाल समूहविजेता बन्दै थाइल्यान्डमा जारी एसिसी यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ। नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै दिएको २ सय ३५ रनको लक्ष्यसहित जबाफी ब्याटिङ थालेसँगै वर्षा भएपछि खेल रद्द हुँदा अंक बाँडिएको नागरिक अनलाइनले लेखेको छ। जसमा नेपाल समूहविजेताका रूपमा अन्तिम चारमा स्थान बनाउन सफल भयो। समूह ‘ए’ मा रहेको नेपालले लिगका तीन खेलबाट ५ अंक बनाउन सफल भयो भने मलेसिया ४ अंक बनाउँदै उपविजेताका रूपमा अन्तिम चारमा स्थान बनाउन सफल भयो।यसअघि प्रेम इन्टरनेसनल स्कुलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरको समाप्तिमा ७ विकेट गुमाउँदै थाइल्यान्डविरुद्ध २ सय ३४ रन जोड्न सफल भयो। समूहचरणअन्तर्गत दुई खेलमा स्पष्ट जित निकाल्दै समूह ‘ए’ को शीर्ष स्थानमा रहेको नेपालका आइस भट्टराईले लिगको अन्तिम खेलमा सिंगापुरविरुद्ध अर्धशतक बनाए। आइसले ७३ बलको सामना गर्दा ९ चौका प्रहार गरेका थिए। यस्तै ओपनर दीपक बोहोराले ३५ रनको योगदान गरे। ३६ बलको सामना गरेका दीपकले ५ चौका तथा १ छक्का प्रहार गरे।

उता ३८ रनको पारी खेलेका कप्तान विशालविक्रम केसीले ३१ बलको सामना गर्दा ४ चौका र २ छक्क प्रहार गरे। क्रिस कार्की ११ रनमा पवेलियन फर्किंदा प्रशान्त महतो ९ रनमा बोल्ड भए। यस्तै विशालकुमार पटेल २८ तथा निखिलकुमार सिंह २२ रनमा अवजित रहँदा रोहन दुधराज बिक ७ रनमा बोल्ड हुँदै पवेलियन फर्किए। बलिङतर्फ थाइल्यान्डका लागि नाराविट नुटराजले सर्वाधिक ३ विकेट हात पार्दा योद्सक सरानुनोनाक्कुनले २ विकेट हात पारे। समूहविजेताका रूपमा सेमिफाइनलमा स्थान बनाएको नेपालले अब शनिबार हङकङको सामना गर्नेछ भने अर्को सेमिफाइनल खेल सिंगापुर र मलेसियाबीच हुनेछ।

यस्तै प्रतियोगिताअन्तर्गत बिहीबारै सम्पन्न समूह ‘बी’ को अन्तिम लिग खेलमा सिंगापुरले चीनलाई २ सय ७८ रनको विशाल रनले पराजित गर्दै समूहविजेता भयो भने हङकङले उपविजेताका रूपमा अन्तिम चारमा स्थान बनायो। खेलमा सिंगापुरले निर्धारित ३५ ओभरको समाप्तिमा ६ विकेट गुमाएर दिएको ३ सय ५३ रनको लक्ष्य पछ्याउने क्रममा चीन २८.१ ओभरमा अलआउट हुँदा ७४ रनमा समेटिएको थियो। सिंगापुरका एक खेलाडीले शतकीय र एक खेलाडीले अर्धशतकीय इनिङ खेले।

एसियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा सञ्चालन भएको प्रतियोगितामा ८ देशले प्रतिस्पर्धा गर्दै छन्। सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरी सञ्चालन गरिएको प्रतियोगितामा समूह ‘ए’ मा आयोजक थाइल्यान्डसहित मलेसिया, म्यानमार र नेपाल छन् भने समूह ‘बी’ मा सिंगापुर, हङकङ, भुटान र चीन छन्। लिग कम नकआउट प्रणालीमा सञ्चालन गरिएको प्रतियोगितामा दुई समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गरेका हुन्। फाइनल खेल आइतबार हुनेछ।

साबिक विजेतासमेत रहेको नेपालले पहिलो खेलमा म्यानमारलाई ७ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा नेपालले मलेसियालाई ३९ रनले पराजित गरेको थियो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *