नेपाल र चीनबीच भएको सम्झौता नेपाल र नेपालीको भाग्य र भविष्यकाेे सुनाैलाे मार्गचित्र

नेपाल र चीनबीच भएको सम्झौता नेपाल र नेपालीको भाग्य र भविष्यकाेे सुनाैलाे मार्गचित्र

ram naam satya

चीनकाे राजकीय भ्रमणमा रहनुभएकाे राष्ट्रपति विद्यादेवी भण्डारी तथा उहाँको चिनियाँ समकक्षी राष्ट्रपति सी चिनफिङबीच आज दिउँसो ग्रेट हल अफ द पिपुलमा द्विपक्षीय बैठकपछि दुवैजनाको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न सम्झौता भएको छ।

लामो समयदेखि चर्चामा रहेको पारवहन र यातायातकाे विषय लगाएत सातअाेटा सम्झौता भएको छ। पहिलो हस्ताक्षर पारवहन तथा यातायात सम्झौता कार्यान्वयनको सहमतिमा भएको छ। यो सम्झौतामा नेपालका तर्फबाट पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा चीनका यातायातमन्त्री ली सियाओफङले हस्ताक्षर रहेको छ। यसैगरी, चिनियाँ सहयोगमा बनेका विद्यमान परियोजनाकाे मर्मत तथा सबलीकरणकालागि अनुदान र सहयोग हस्तान्तरणमा नेपालका तर्फबाट पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चिनियाँ वाणिज्यमन्त्री चाेङ्ग शानले हस्ताक्षर गर्नुभएको छ। आर्थिक तथा प्राविधिक सहयोग सम्झौता तथा नेपालको उत्तरी क्षेत्रमा जीविकाका क्षेत्रमा सहयोग सम्बन्ध सबलीकरणका विषयमा अर्थ मन्त्रालयका सचिव लालशङ्कर घिमिरे र चाइना इन्टरनेशनल डेभलपमेण्ट कोअपरेशन एजेन्सीका वाङ सिआवथावले हस्ताक्षर गरेका गर्नुभएको छ। भन्सारका विषयमा आपसी प्रशासनिक सहयोगमा सचिव घिमिरे तथा नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले हस्ताक्षर गर्नुभएको छ।

नेपाल र चीनबीच ७ ओटा सम्झौतामा हस्ताक्षर, राष्ट्रपति भण्डारीको भव्य स्वागत

यसैगरी, नेपाल गुणस्तर विभाग तथा स्ट्याण्डर्ड एण्ड मेट्रोलोजी एण्ड स्ट्याण्डर्डाइजेशन एडमिनिष्ट्रेशन अफ चाइनाबीच सहयोगका सहमतिपत्रमा चीनकालागि नेपाली राजदूत लीलामणि पौड्याल तथा नेपालकालागि चिनियाँ राजदूत होउले हस्ताक्षर गर्नुभएको छ। सांस्कृतिक सम्पत्तिको चोरी, गोप्य उत्खनन, गैरकानूनी आयात तथा निर्यात प्रतिबन्ध लगाउने सम्झौतामा राजदूत पौड्याल र चीनको एडमिनिष्ट्रेशन अफ नेशनल कल्चरल हेरिटेजका लियु युझुले हस्ताक्षर गर्नुभयो। उक्त अवसरमा प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सङ्घीय संसद्का सदस्य र नेपाल सरकारका उच्च अधिकारीको उपस्थिति थियो।

सम्झौतामा हस्ताक्षर हुनुअघि राष्ट्रपति भण्डारीलाई ग्रेट हल अफ द पिपुलमा भव्य स्वागत गरिएको थियो। ग्रेट हल अफ द पिपुलमा चिनियाँ राष्ट्रपति सीले राष्ट्रपति भण्डारीलाई स्वागत गर्नुभएको थियो। राष्ट्रपति भण्डारीको सम्मानमा चिनियाँ जनमुक्ती सेनाले सम्मान गारत समेत अर्पण गरेको थियो।

नेपाल र चीनबीच भएको सम्झौताले नेपाल र नेपालीको भाग्य र भविष्यकाेे सुनाैलाे मार्गचित्र काेरेकाे बताउँदै नेपाल-चीन पारस्परिक सहयोग समाजका अध्यक्ष प्रेम सागर पाैडेलले अगाडि भन्नुभयो: “इतिहासकाे लामो कालखण्डपछि नेपाल अाजदेखि भारतवेष्ठित अवस्थाबाट अाैपचारिकरुपमा स्वतन्त्र भएको छ। नेपालकाे पहिलो महिला राष्ट्रपति विद्या देवी भण्डारीले अाफ्नाे नाम नेपालकाे इतिहासमा सुनाैलाे अक्षरले लेखाउनु भएको छ भने नेपाललाई स्वतन्त्र सबल र अात्मनिर्भर बनाउन अभिभावकीय भूमिका खेल्ने चिनियाँ राष्ट्रपति सी चिङ्ग फिङ्ग हरेक देशभक्त नेपालीको मन मुटुमा सम्मानसाथ रहन सफल हुनुभएको छ। अाजकाे दिन नेपालकाे भाग्य र भविष्य काेर्ने र नयाँ युगमा प्रवेशको सुनाैलाे दिन बनेको छ।”

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *