नेपाल र चीनको शैक्षिक मेला

ram naam satya
नेपाल र चीनबीच शैक्षिक मेला हुने भएको छ। यही वैशाख ८ र ९ गते दुई देशका शिक्षा क्षेत्रमा काम गर्दै आएका निकायबीच ‘सेकेण्ड द वेल्ट एण्ड रोड नेपाल चाइना एजुकेशन फेयर’ संचालन हुन लागेको नगारिक अनलाइनले लेखेको छ। ‘वल्ड ट्रेड सेन्टर’ त्रिपुरेश्वमा संचालन हुने उक्त मेलामा विभिन्न चाइनिज युनिभरसिटी र नेपाली कन्सलटेन्सको २५ वटा स्टल रहने छ।
सभामुख कृष्णबहादुर महराले उद्घाटन गर्ने उक्त कार्यक्रममा दुई देशका व्यवसायी, अभिभावक र विद्यार्थीबीच अन्तरक्रिया हुने आयोजक चिनियाँ भाषा शिक्षक संघका सचिव रामचन्द्र कार्कीले बताउनुभयो। ‘मेलामा दुवै देशमा संचालन भइरहेको शिक्षा प्रणाली, अवसर र अनुभव आदान–प्रदान गर्ने थलोको रूपमा यसलाई लिन सकिन्छ,’ कार्कीले भन्नुभयो।

करिब १० लाख रुपैयाँ खर्चेर गर्न लागिएको उक्त मेलामा दवै देशका गरी १० हजार अवलोकनकर्ताले भ्रमण गर्ने जानकारी संघले दिएको छ। मेला संचालन हुने दुई दिनमध्ये पहिलो दिन शैक्षिक स्टलहरूको अवलोकन र दोस्रो दिन अन्तरक्रिय कार्यक्रम हुनेछ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *