नेपाल रेडक्रस साेसाईटी बागेश्वरी उपशाखाकाे १३अाैं सभा सम्पन्न

नेपाल रेडक्रस साेसाईटी बागेश्वरी उपशाखाकाे १३अाैं सभा सम्पन्न

ram naam satya

नेपाल रेडक्रस साेसाईटी बागेश्वरी उपशाखाकाे १३अाैं सभाकाे अायाेजना उपशाखा सभापति जीवनाथ सापकोटाकाे सभापतित्वमा बाँकेकाे खजुरामा सम्पन्न भएको छ।
बागेश्वरी उपशाखाकाे १३अाैं सभाकाे प्रमुख अतिथि साँसद नन्दलाल राेकायले २०१० सालतिर राष्ट्रवादी अान्दोलन शुरु भएको स्मरण गर्दै भन्नुभयो: त्यतिबेला नेपाली कपडा १३ रुपैयाँ प्रतिमिटर थियो। ईण्डियाले नेपाली कपडा उद्योग बन्द गराउन नाै रुपैया मिटरको दरले कपडा बेचेर नेपाली कपडा उद्योग बन्द गराएको थियोे। देशको विकास गर्न स्वदेशी श्राेतसाधनमा अाधारित उद्योग ब्यवसाय सञ्चालन गर्नुपर्नेमा जाेड दिनुभयो। ब्यक्तिगतरुपमा भन्दा पनि साँसदका हैसियतले सहयोग गर्ने बताउनुभयो।
यसैगरी कार्यक्रमका विशिष्ट अतिथि बाँके क्षेत्र नम्बर ३ “क” का साँसद अाईपी खरेलले दुई प्रकारका ब्यवहारले समाजलाई सहिरुपमा अगाडि बढ्न समस्या भएको बताउनुभयो। पहिलो राम्रो कामको पनि विरोध गर्ने प्रवृत्ति र दाेस्राे नराम्रो कामकाे अन्धसमर्थन। कुनै पनि राजनीतिक विचारको कारणले राम्रो कामको विरोध गर्न नहुने उहाँको भनाइ थियोे। अाफु लामो समयदेखि देश र जनताको हितका पक्षमा काम गरिरहेकोले अबका दिनमा पनि अाफुजस्तै अन्य नेता र जनतासँग हातेमालो गरेर अघि बढ्ने चाहना ब्यक्त गर्नुभयो।
अर्का विशेष अतिथि बाँके क्षेत्र नम्बर ३ ख का साँसद बाबुराम गाैतमले यसक्षेत्रकाे विकासका लागि अाफुले सबै प्रकारको सहयोग गर्न तयार रहेको बताउनु भएको थियो। रेडक्रसमा भ्रष्टाचार बढिरहेको र राहत वितरणमा पक्षपात भएको बताउनुभयो। कतिपय समय रेडककर्मीले अाफुलाई राहतका लागि अाएकाे ज्याकेट दिएर प्रभावमा पार्न खाेजेकाे तर अाफुले अस्वीकार गरेको बताउनुभयो। यसैगरी नेपाल रेडक्रस साेसाईटी बाँके जिल्ला सभापति गाेवर्धन सम्झनाले रेडक्रस साेसाईटी र अन्य सामाजिक संघसंस्था बीच फरक भएको बताउनुभयो। उहाँले भन्नुभयो: अरु सामाजिक संघसंस्था सामाजिक भावनाले प्रभावित हुने भए पनि रेडक्रस मानवताबाट निर्देशित हुने भएकोले फरक हुने र रेडक्रस स्वयंसेवकले यो भावनालाई सहिरुपमा अात्मसात गर्नुपर्ने बताउनुभयो। नेपाल रेडक्रस साेसाईटी बागेश्वरी उपशाखाका अाजीवन सदस्य प्रेम सागर पाैडेलले नेपाल रेडक्रस साेसाईटी सबैभन्दा बढी भ्रष्टाचार हुने संस्थाहरुकाे पंक्तिमा देखिन थालेकाले यसमा व्यापक सुधार गर्नुपर्नेमा जाेड दिनुभयो। यस उपशाखाले राहत र सहयोग सामग्री वितरण गर्दा अाफन्त र स्वार्थमा केन्द्रीकृत भएर वितरण गरेको,कतिपय समय जनताको व्यापक विरोधपछि पाल र चाउचाउ लगाएतका सामग्री फिर्ता गर्नुपरेकाे घटनाको स्मरण गर्दै रेडक्रस साेसाईटी अाग्रह र पूर्वाग्रहबाट निर्देशित हुन थालेकामा दु:ख ब्यक्त गर्नुभयो।

बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य नन्दलाल राेकाय प्रमुख अतिथि, यसैगरी बाँके क्षेत्र नम्बर ३क का साँसद अाईपी खरेल, बाँके क्षेत्र नम्बर ३ “ख” का साँसद बाबुराम गाैतम, खजुरा गाउँ पालिका प्रमुख किस्मत कुमार कक्षपति विशिष्ट अतिथि रहेको उपशाखा १३ अाैं सभामा गाउँ पालिका प्रमुख किस्मत कुमार कक्षपति लगाएतले अाअाफ्नाे विचार राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव हरिप्रसाद उपाध्यायले गर्नुभएको थियो। वार्षिक प्रतिवेदन सचिवले र अार्थिक प्रतिवेदन काेषाध्यक्ष अस्वस्थ भएकोले सहसचिव अर्जुन थापाले प्रस्तुत गर्नुभएको थियो।
साेही अवसरले रक्तदान कार्यक्रम पनि अायाेजना गरिएको थियो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *