नेपाल भ्रमण गर्ने अन्तर्राष्ट्रिय हवाई यात्रु वृद्धि

ram naam satya
   विश्वभर हवाई यात्रुको संख्यामा ६.५ प्रतिशतले वृद्धि हुँदा नेपालको भने ९.६३ प्रतिशतले वृद्धि भएको छ। सन् २०१६ जनवरीदेखि अक्टोबरसम्म १० महिनाको तुलनामा २०१७ मा ९.६३ प्रतिशतले वृद्धि भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको कारोबार अनलाइनले लेखेको छ। २०१७ को १० महिनामा अन्तर्राष्ट्रियतर्फ ३१ लाख ११ हजार सय ६३ हवाई यात्रुलाई सेवा दिइएको प्राधिकरणले जनाएको छ। २०१६ मा अन्तर्राष्ट्रिय हवाई यात्रु २८ लाख ३८ हजार २ सय ३८ पुगेका छन् भने २०१७ मा आन्तरिक हवाई यात्रु १९ लाख ९२ हजार ९ सय ३ रहेकोमा २०१६ मा यो संख्या १४ लाख ११ हजार १३ मात्रै थियो।

        वायुयानतर्फ पनि २६.४८ प्रतिशतले वृद्धि भएको तथ्यांक छ। जसमा २०१७ को १० महिनामा २७ हजार ४ सय ९ उडान भएका छन्। २०१६ मा २१ हजार ६ सय ७१ उडान भएको तथ्यांक छ। यस्तै, कार्गोतर्फ भने २०१७ को १० महिनामा १६ हजार २ सय २९ टन ढुवानी भएको छ अघिल्लो वर्षमा भने १७ हजार ३ सय ८२ टन कार्गो ढुवानी भएको तथ्यांक छ।

आर्थिक वर्ष २०७३-७४ मा नागरिक उड्डयन प्राधिकरणले विमानस्थल शुल्कबाहेक ५ अर्ब ५६ करोड ४० लाख आम्दानी गरेको छ। प्राधिकरणको पुँजीगत खर्चतर्फ २७ अर्ब ३५ करोड ४० लाख र कार्य सञ्चालन खर्च ३ अर्ब ४८ करोड ५४ लाख गरी ३० अर्ब ८३ करोड ९४ लाख ब्यय अनुमान गरिएको थियो। तर पुँजीगत खर्च २ अर्ब ३४ करोड ७९ लाख र कार्य संचालन खर्च ३ अर्ब ४३ करोड ९६ लाख गरी जम्मा ५ अर्ब ७८ करोड ७४ लाख रुपैयाँ मात्रै खर्च भएको प्राधिकरणले जनाएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको १९ औ वार्षिकोत्सवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले बोनस वितरणमा कानुनी समस्या भएको बताउनु भएको छ। प्राधिकरणले विगत ३ वर्षयता बोनस वितरण गर्नका लागि विभिन्न चरण पार गर्दै आए पनि हालसम्म पनि वितरण भने हुन सकेको छैन। नाफा गरेपछि बोनस पाउनु पर्दछ, तर प्राधिकरणको हकमा केही कानुनी समस्या रहेको समेत सचिव न्यौपानेले बताउनुभयो। १९ औ वार्षिकोत्सव कार्यक्रममा प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले हवाई सुरक्षा र सेवा विस्तारमा नै ध्यान केन्द्रित रहेको बताउनुभयो। “अहिले पूर्वाधार निर्माणमा हाम्रो ध्यान केन्द्रित छ,” गौतमले भन्नुभयो। कार्यक्रमा वायुसेवा सञ्चालक संघ (आयोन)का अध्यक्ष पवित्रकुमार कार्कीले विमानस्थलमा पूर्वाधार विस्तार नहुँदा निजी वायुसेवाले ठूलो नोक्सानी बेहोर्नु परेको गुनासो गर्नुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *