नेपाल–भारत सन्धिसम्झौता पुनरावलोकन गर्नुपर्ने प्रचण्डकाे भनाइ

ram naam satya
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारतबीच विगतमा भएका सन्धिसम्झौतालाई नयाँ आधारमा पुनरवलोकन गर्न आवश्यक रहेको बताउनुभएको छ।

नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहको नेपाली प्रतिनिधिमण्डलसँग भएको भेटमा अध्यक्ष दाहालले सम्झौता पुनरवलोकन गर्ने दिशामा आवश्यक भूमिका खेल्न समूह सदस्यहरुलाई आग्रह गर्नुभएको उहाँका प्रेस संयोजक मनहरि तिमिल्सिनाले जानकारी दिनुभयो।

पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो,’विगतमा नेपाल–भारतबीच भएका धेरै सन्धिसम्झौता असमान छन्, त्यसलाई पुनरवलोकन गर्नुपर्छ।’

प्रचण्डले विगतमा सबै राजनीतिक दल मिल्दा राष्ट्रिय एकता र स्वाभिमान बलियो बन्ने गरेको स्मरण गर्दै नयाँ सरकार गठनपछि नेपाल–भारत सम्बन्ध थप उचाइमा पुग्ने बताउनुभयो। भेटमा समूहका तर्फबाट डा भेषबहादुर थापा, नीलाम्बर आचार्यलगायतको सहभागिता रहेको गोरखापत्र अनलाइनले लेखेको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *