नेपाल भारत व्यपार तथा पर्यटन महोत्सव

ram naam satya

नेपाल–भारत व्यापार मेला तथा पर्यटन महोत्सव भारत उतराखण्डको देहरादुनमा सुरु भएको छ। नेपाल सरकार वाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल पर्यटन बोर्ड, नेपाली राजदुतावास दिल्ली, नेपालस्थित भारतीय राजदुतावास र भारतको उत्तराखण्ड राज्य सरकारको सहयोग एवं कंचनपुर उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव भएको हो।

अघिल्लो वर्षदेखि आयोजना हुन थालेको यो मेला निकासी योग्य बस्तुको पहिचान एवं बजार प्रबद्र्धन गर्ने, नेपालमा उत्पादित वस्तु-सेवाहरूको बजार प्रवर्द्धन र नेपालका पर्यटकीय सम्पदाहरूको प्रचार प्रसार गर्ने उद्देश्यले आयोजना गरिएको हो ।महासंघको सदस्य कञ्चनपुर उद्योग वाणिज्य संघले निकासी जन्य एवं कृषि जन्य वस्तु भारत निकासीमा विस्तार गर्न गत वर्षदेखि देहरादूनमा मेला आयोजना गर्न लागेको हो। मेलामा ५६ वटा स्टलमार्फत नेपाली कृषि उत्पादन, घरेलु तथा साना उद्योगहरूबाट उत्पादित वस्तुहरू प्रदर्शनी गरिएको छ ।

यस वर्षको मेलाको मुख्य आकर्षणमा नेपाली राष्ट्रिय तथा स्थानीय उत्पादन र सेवाहरू, पर्यटकिय क्षेत्रहरूको विस्तृत जानकारी, टुर एण्ड ट्राभल्स प्याकेज, नेपालका मुख्य मुख्य पर्यटकिय सम्पदाहरूको प्रचार प्रसार, नेपाली कला संस्कृतिको प्रदर्शनी-नेपाली खाद्य परिकारहरू रहेका छन् । आफ्ना सदस्य उद्योग वाणिज्य संघहरू मार्फत नेपालसँग सिमाना जोडिएका अन्य भारतीय प्रदेशहरूमा समेत यस्ता मेलाहरू आगामी दिनमा गर्दै जाने योजना महासंघको रहेको नागरिकन्यूज डटकमले जनाएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *