नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी)को बैठक शनिबारदेखि काठमाडौँमा

ram naam satya

शनिबार र आइतबार दुई दिन चल्ने गरी नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी)को बैठक काठमाडौँमा शुरू भएको छ। नेपाल–भारतबीच भएको शान्ति तथा मैत्री सन्धिको पुनरावलोकन, दुई देशबीचको खुला सिमानाका समस्या तथा त्यसको समाधान, दुई देशबीचको व्यापार, सांस्कृतिक विकासका यावत् विषयमा दुवै देशका सरकारलाई प्रतिवेदन बुझाउने गरी गठन भएको दुवै देशका विज्ञ सम्मिलित समूहको बैठकले यसअघिसम्मको छलफलबाट प्रारम्भिक मस्यौदाको काम सुरु गर्ने समूहका सदस्य नीलाम्बर आचार्यले बताउनुभयो।

नेपाल–भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझावसहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी पाएको प्रबुद्ध समूहको बैठकमा दुवै देशबीचको सुरक्षा संवेदनशीलता, जलस्रोत, समग्र हितका विषयमा छलफल भइरहेको गोरखापत्र अनलाइनले जनाएको छ। छलफलको पहिलो चरण करिब सम्पन्न भएकाले मस्यौदाको काम सुरु हुने समूहका सदस्य आचार्यले बताउनुभयो।

यसअघि दुई देशबीच भएको पारवहन सन्धि र सन् १९५० को मैत्री सन्धिको विषयलाई समयानुकूल परिमार्जन गर्न दुवै देशका विज्ञ समूह तयार भएका छन् । समूहले व्यापक छलफल गरी तयार गर्ने प्रतिवेदनलाई दुवै देशको सरकारले कार्यान्वयनमा लाने प्रतिबद्धता यसअघि नै जनाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा दुवै देशबीच विवादित विषयको समाधान गर्ने गरी विज्ञहरू सम्मिलित प्रबुद्ध समूह गठन गरिएको थियो। सन् २०१६ को जुलाईमा काठमाडौँमा आयोजित विदेशमन्त्रीस्तरीय संयुक्त बैठकबाट प्रबुद्ध समूह गठन भएको थियो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *