नेपाल–भारतबीच भएका सन्धि सम्झौता पुनवरालोकन गर्न बनेको नेपाली टोली भारततर्फ

ram naam satya
नेपाल–भारतबीच भएका सन्धिरसम्झौता पुनवरालोकन गर्न गठित प्रबुद्ध व्यक्तिहरूको समूह(ईपीजी)को छैटौं बैठकका लागि नेपाली टोली आज नयाँ दिल्ली प्रस्थान गरेको छ। भोली नयाँ दिल्लीमा हुने बैठकका लागि नेपाली समूहका सदस्यहरु भेषबहादुर थापा, सूर्यनाथ उपाध्याय, निलाम्बर आचार्य र डा. राजन भट्टराई त्यसतर्फ जानुभयो।

भारत प्रस्थान गर्नु अघि प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’सँग छलफल गरेको टोलीले यस पटकको बैठक पछि सहमतिमा पुगेका बिषयहरुमा प्रतिवेदन लेख्न शुरु हुने बताएको छ।

‘एक्काइसौँ शताब्दीमा नेपाल र भारतबीचको जलस्रोत, बहुपक्षीय व्यापार, पारवहन, सामाजिक र सांस्कृतिक सम्बन्धको आधार यसरी लैजाने भन्ने विषयमा आगामी बैठकपछि प्रतिवेदन लेखनको तयारीमा पुग्ने सम्भावना छ,’ समूहका सदस्य डा.राजन भट्टराईले भन्नुभयो,’हालसम्म उठेको समग्र विषयलाई सम्बोधन गरेर लैजान भारतीय पक्ष पनि सकारात्मक छ।’

यसैबीच बैठकका लागि नयाँ दिल्ली प्रस्थान गर्नु अघि भएका छलफलमा प्रधानमन्त्री देउवादेखि वाम गठबन्धनका नेताहरु ओली र प्रचण्डलगायतले सूहलाई विभिन्न सुझाव दिएका छन्। नेपालखबर अनलाइनका अनुसार प्रधानमन्त्री देउवासँग मंगलबार भएको छलफलमा उहाँले मुलुक र जनताको हितमा रहेर अघि बढ्नसमूहलाई निर्देशन दिनुभयो।

बैठकको तयारीका लागि यसअघि उक्त समूहले एमाले अध्यक्ष ओली माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पनि भेटघाट गरी राय सुझाव लिइसकेको छ।

सोमबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आफूलाई भेट्न आएका समूहका सदस्यहरुलाई प्रचण्डले नेपाल–भारतबीच विगतमा भएका सन्धि, सम्झौतालाई नयाँ आधारमा पूनरावलोकन गर्ने दिशामा आवश्यक भूमिका खेल्न समूहलाई सुझाव दिएको उनको निजी सचिवालयले जनाएको छ।

‘विगतमा नेपाल–भारतबीच भएका धेरै सन्धि सम्झौता र मूख्यतः सन् १९५० को सन्धि असमान रहेको छ,’ प्रचण्डको भनाई थियो, ‘नेपाल–भारत बीच विगतका भएका असमान सन्धि प्रतिस्थापन गर्दै बदलिँदो परिस्थितिअनुसार नयाँ सन्धि गर्नुपर्दछ।’ खुल्ला सीमानाको व्यवस्थापन नेपालको चासोंको विषय भएको भन्दै उनले ढिलो चाँडो सीमा सम्बन्धलाई अरु छिमेकी देशको जस्तै व्यवस्थापन गर्नुपर्ने बताए।

नेताहरुको सुझावको भारी बोकेर दिल्ली पुगेको नेपाली समूहलाई भारतमा अर्को डर पनि छ। त्यो हो, नेपाली टोलीमा सांसदको प्रतिनिधित्व नभएकोमा भारतीय पक्षले उठाउन सक्ने प्रश्न। समितिको कार्यादेशमा नै एक जना सदस्यमा संसदको प्रतिनिधित्व हुनुपर्ने उल्लेख छ। तर, यस अघि नेपाली समूहमा सांसदबाट प्रतिनिधित्व गरेका राजन भट्टाई चुनावमा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर चारबाट पराजित भइसेका छन्। दुई वर्ष कार्यकाल रहेको समूहको अब तीनवटा बैठक बाँकी छ।

समूहको पहिलो बैठक २० असार २०७३मा काठमाडौँमा बसेको थियो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *