नेपाल ‘ढुक्कले घुम्नुहोस्’

ram naam satya
(GMT+08:00) 2017-11-24 16:37:08

        नेपालमा प्रतिनिधिसभा र प्रदेशको निवार्चनको पूर्वसन्ध्यामा अमेरिकी दूतावासले आफ्ना नागरिकको सुरक्षाको दृष्टिकोणबाट जारी गरेको ट्राभल एडभाइजरीका सन्दर्भमा होटल संघ नेपाल (हान) ले बिहीबार विज्ञप्ति जारी गरेको छ।

हानले चुनावको समयमा नेपाल आउने कुनै पनि मुलुकका पर्यटकहरूको आतिथ्य र सुरक्षामा कमी हुन नदिने जनाएको कान्तिपुर अनलाइनले लेखेको छ। ‘चुनावको समयमा नेपाल आउने पर्यटकको पूर्ण सुरक्षा गर्न, गराउन सुरक्षा निकायहरूलगायत सम्बद्ध सबै क्षेत्रबाट जिम्मेवारी बहन गराउन सरकारबाट समेत निर्देशन जारी गरिनुपर्छ,’ हानले विज्ञप्तिमा भनेको छ। सन् २०१७ मा हालसम्मकै सबैभन्दा बढी १० लाख पर्यटक भित्रिने अवस्था रहेको उल्लेख गर्दै हानले निर्वाचनको समयमा नेपाल भ्रमणमा आउन लागेका पर्यटकलाई कुनै संशय नलिई ढुक्क भएर भ्रमणमा आउन अपिल गरेको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *