नेपाल चेम्बर एक्स्पोमा ५ करोडको कारोबार

ram naam satya
(GMT+08:00) 2017-12-09 14:27:43

नेपाल चेम्बर अफ कमर्सको आयोजनामा गत बिहीबारदेखि सञ्चालित चेम्बर एक्स्पो २०७४ सम्पन्न भएको छ। झन्डै ५ करोडको कारोबार भएको एक्स्पोमा ५० हजारभन्दा धेरैले अवलोकन गरेको कारोबार अनलाइनले लेखेको छ। एक्स्पो संयोजक राष्टभूषण चाकुबजीले एक्स्पो स्टलमा रहेका विभिन्न कम्पनीका गाडीहरूको अर्डर बढी भएको जानकारी दिनुभयो। साथै निर्माण सामग्रीका रूपमा रहेका भूकम्पप्रतिरोधात्मक प्यालनलहरूको अर्डर बढी देखिएको संयोजक चाकुवजीले बताउनु भएको छ। मेलामा सर्वसाधारणहरू विशेष रूपमा झुमिएका थिए। उनीहरू विशेष गरेर जाडोको मौसममा चाहिने ज्याकेटलगायतका लुगाफाटा खरिद गर्नमा झुन्डिएका देखिएका थिए। एक्स्पोमा अटोमोबाइल, इलेक्टिकल एन्ड इलेक्टोनिक्स, फ्लोरिङ एन्ड फर्निसिङ, होम अप्लाइन्स, फेसन वेयर, मोबाइललगायतका २ सय २५ वटा स्टलहरू राखिएका थिए। एक्सपोमा नेपालसहित कोरिया, थाइल्यान्ड, भारत, चीन, जापान, पाकिस्तान र बंगलादेश गरी आठवटा मुलुकको सहभागिता थियो। चेम्बरले गरेको यो तेस्रो एक्स्पो हो। चेम्बरले प्रत्येक वर्ष यस्ता अन्तर्राष्ट्रिय एक्स्पो गर्दै आएको छ। यस पटकको एक्स्पोमा दक्षिण कोरियाले पार्टनर मुलुकको हैसियतमा सहभागिता जनाएको थियो भने थाइल्यान्ड फोकस मुलुकको रूपमा सहभागी थियो। एक्स्पोको बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नु भएको हो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *