नेपाल चीन मैत्रीपूर्ण बुद्धिचाल प्रतियोगिता

नेपाल चीन मैत्रीपूर्ण बुद्धिचाल प्रतियोगिता

ram naam satya

भक्तपुरको ऐतिहासिक पाँच तले मन्दिर परिसरमा बिहीबार नेपाल चीन मैत्रीपूर्ण बुद्धिचाल प्रतियोगिता भएको छ । नेपाल चेस संघका केन्द्रीय उपाध्यक्ष ज्ञानेन्द्र खाइजूको संयोजनमा भएको प्रतियोगितामा चिनियाँ टोली विजयी भएको छ।
पहिलो खेलमा सछ्वान टीमले भक्तपुरको ख्वप्रिंग स्कुललाई ५–० ले हराएको थियो । त्यस्तै दोस्रो खेलमा सेलेब्रेसन को–एड जोरपाटी पनि चिनियाँ टोलीसँग ४–१ ले पराजित भयो । नेपालको तर्फबाट सेलेब्रेसनका विशाल श्रेष्ठले मात्र एक खेल जितेका थिए । खेलको प्रत्येक टिममा पाँचपाँच जना खेलाडीबीच प्रतिस्पर्धा गराइएको थियो।

दुई देशबीच मित्रता र सांस्कृतिक भाइचारा आदानप्रदान गर्ने उद्देश्यले प्रतियोगिता गरिएको नेपाल चेस संघका केन्द्रीय उपाध्यक्ष खाइजूले बताउनुभयो। उहाँका अनुसार पहिले नेपाल भ्रमणमा रहेका चिनियाँ विद्यार्थीहरुलाई नेपालबाट चीनमा अध्ययनरत विद्यार्थीहरुको माध्यमबाट बुद्धिचाल प्रशिक्षक मिस्टर वाङमार्फत नेपाल चीन मैत्रीपूर्ण बुद्धिचाल खेल भइरहेको थियो तर यस वर्ष नेपाल बुद्धिचाल संघको पहलमा भएको अन्नपूर्ण पोस्ट अनलाइनले लेखेको छ।

भक्तपुरमा बिहीबार सकिएको मैत्रीपूर्ण बुद्धिचाल खेल कास्कीको पोखरा र चितवनको सौराहामा समेत हुने केन्द्रीय उपाध्यक्ष खाइजू बतानुभयो। चार वर्ष अघिदेखि अयोजना हुँदै आएको उक्त मैत्रीपूर्ण खेलमार्फत नेपाल र चीनको मैत्री सम्बन्ध जनस्तरमा थप प्रगाढ हुने उहाँले बताउनुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *