नेपाल-चीनका कर्मचारीको नेतृत्व विकासका लागि सहकार्य

ram naam satya
(GMT+08:00) 2017-11-13 16:31:44

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान र चीनको चीन सुशासन प्रतिष्ठानबीच दुई देशको प्रशासनिक क्षेत्रको नेतृत्व विकास गर्नका लागि सहमति भएको छ।

प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपाने र चीन सुशासन प्रतिष्ठानका उपाध्यक्ष ली जीले आज प्रतिष्ठान कार्यालय, जावलाखेलमा एक समारोहबीच समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

समझदारीपत्रमा दुवै पक्षको सम्बन्धमा नेतृत्व तथा सीप विकास गर्न, वैज्ञानिक अनुसन्धान, नीतिगत परामर्श, सार्वजनिक प्रशासन तथा सार्वजनिक नीतिका क्षेत्रमा आपसी सहयोगलाई सबल बनाउने उद्देश्यले सहमति भएको प्रतिष्ठानका अध्ययन निर्देशक उत्तम आचार्यले जानकारी दिनुभयो।

यस्तै, सार्वजनिक प्रशासन र सार्वजनिक नीतिका क्षेत्रमा ज्ञान तथा विषय विज्ञको भ्रमण आदान प्रदान गर्ने, दुवै प्रतिष्ठानका प्राध्यापनमा संलग्न कर्मचारीको प्राज्ञिक सहयोग कार्यक्रम सञ्चालन गर्ने, संयुक्तरुपमा प्राज्ञिक कार्यशाला गोष्ठी, अनुसन्धान, प्रशिक्षण तथा नीतिसँग सम्बन्धित कार्यक्रम गर्ने जस्ता कुरा समझदारीमा उल्लेख गरिएको नेपालखबर अनलाइनले जनाएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *