नेपाल कम्युनिष्ट पार्टीका महासचिव र चिनियाँ नेताबीच पैचिङमा भेटवार्ता

ram naam satya

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव विष्णु पौडेलले बेइजिङमा विभिन्न राजनीतिक भेटघाट गर्नुभएको छ। सोमबार चीनको सिआनस्थित सिआन विश्वविद्यालयमा स्थापित ‘सिआन दक्षिण एसियाली अध्ययन केन्द्र’ को उद्घाटन गरेर बेइजिङ पुगेका पौडेलले १२औं सीपीपीसीसीका सदस्य एवं चाइना एसोसियसन फर इन्टरनेश्नल अण्डरस्टाण्डिङका उपाध्यक्ष आई फिङसँग भेटवार्ता गर्नुभएको नेपालखबर अनलाइनले जनाएको छ।

 

भेटवार्ताबारे जानकारी दिँदै नेता पौडेलले दुई देश, दुई देशका जनता र दुवै देशका कम्युनिष्ट पार्टीबीचको हार्दिक सम्बन्ध तथा नेपालको आर्थिक विकासमा चिनियाँ सहयोग लगायतका विषयमा कुराकानी भएको बताउनुभयो। चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका पूर्व उपमन्त्री समेत रहेका आई फिङसँगको भेटबारे नेता पौडेलले भन्नुभयो, ‘आई फिङ पुरानो कम्युनिष्ट नेता हुनुभएकाले पार्टी-पार्टी सम्बन्ध, नेपालमा चिनियाँ सहयोगका बारेमा केन्द्रित भएर कुराकानी भयो।’

भेटका अवसरमा दुई नेताबीच राजनीतिक भ्रमण तथा राजनीतिक महत्वका विषयमा कुराकानी भएको महासचिव पौडेलले बताउनुभयो। आफ्नो छोटो चीन भ्रमण एकले अर्कालाई बुझ्ने तथा पारस्परिक सम्बन्ध सघन बनाउन उपलब्धीमूलक भएको ठान्दै महासचिव पौडेलले नेपालको विकास प्रक्रियामा चिनियाँ चासोको प्रशंसा गर्नुभयो।

सिआन विश्वविद्यालयका नेपाली प्राध्यापक डा.राजीवकुमार झाका अनुसार मंगलबार र बुधबार राजनीतिक भेटघाटका साथै थ्यानचिनस्थित बन्दरगाह निरीक्षण लगायतका कार्यक्रम समयाभावका कारण पौडेलले छोट्याउनुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *