

काठमाडौं–इन्चोनमा आइतबार, बुधबार र शुक्रबार त्यस्तै इन्चोन–काठमाडौं सोमबार, बिहीबार र शनिबार उडान गर्ने छ। तर यस्तो उडान यात्रुको चाप हेरि थपघट हुनसक्ने निगमले जनाएको छ।
२०७५ सालको असारसम्म २ वाइडबडी विमान काठमाडौंमा आइसक्ने र त्यहीअनुसार उडानको तयारी अगाडि बढाइएको एयरलाइन्सका प्रवक्ता रविन्द्र श्रेष्ठले जानकारी दिनुभयो।

एयरलाइन्सले दक्षिण कोरियाको इन्चोन अन्तर्राष्ट्रिय विमानस्थलबाट हप्ताको तीन दिन उडान गर्ने अनुमति पाएको छ। सोहीअनुसार निगमले उडानका पूर्व तयारीका काम अगाडि बढाएको श्रेष्ठले बताउनुभयो।

स्ट्यान्डर्ड ग्राउन्ड ह्यान्डलिङ अन्तर्गतको लाइन म्यान्टिनेन्स सेवाको लागि निगमले टेन्डर निकालेको हो। त्यस्तै निगमले जिएसए नियक्ती प्रक्रिया पनि अगाडि बढाएको छ। कार्यविधि बनाएर छनौटको प्रक्रिया अन्तिम चरणमा रहेको श्रेष्ठको भनाइ छ।

नेपाल एयरलाइन्सले खरिद सम्झौता गरिसकेका दुई विमान निर्माणाधिन रहेका छन्। २०७५ सालको बैशाखदेखि असारकोबीचमा विमान नेपाल आइपुग्ने छन्।
जापान, चीन र अष्ट्रेलियाजस्ता देशमा उडानका योजना बनाएको निगमले पहिलो उडानको तयारी भने सुरु गरिसकेको सेतोपाटी अनलाइनले लेखेको छ।