

सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउने तयारीमा रहेको बोर्डले अघिल्लो वर्ष भिजिट नेपाल इन युरोप २०१७ अभियान ल्याएको थियो। उक्त अभियन सफल भएको र २०१९को अन्त्यसिम्म नेपाली स्वाद, परम्परा र नेपाली पर्यटकीय उत्पादनको प्रचार गर्न यो अभियान ल्याइएको बोर्डका प्रमुख कार्यकारी दिपकराज जोशीले जानकारी दिनुभयो।
अहिलेसम्म प्रकृतिमामात्र केन्द्रित रहेको नेपालको पर्यटन अव सत्कार र स्वादमा जाने, यसले विविधता ल्याउने सिइओ जोशीको विश्वास छ।

‘हाम्रो पर्यटन अहिलेसम्म प्रकृति, संस्कार र सत्कारमा केन्द्रित तर स्वाद, खाना पनि उत्तिकै महत्वपुर्ण पाटो हो जुन अहिलेसम्म हामीले ध्यान दिएका थिएनौं अव स्वाद विस्तार पनि हाम्रो लक्ष्य हो’ सिइओ जोशीले भन्नुभयो,’यो अभियानबाट नोपलको मौलिक स्वाद, परिकारको प्रचारप्रसार गर्छौ।’ विदेशमा रहेका नेपाली रेष्टुरेन्ट यसको मुख्य आधार हुने उहाँको भनाइ छ।

पर्यटन व्यवसायी कर्ण शाक्यको अग्रसरतामा आएको यो अभियानको लागि बोर्डले आयरल्यान्डमा बसोबास गर्ने दिपेशमान शाक्यलाई विशेष दुत नियुक्त गरेको छ। शाक्य यसअघिको भिजिट नेपाल इन युरोप २०१७ अभियानको संयोजक पनि हुनुहुन्थ्यो।

शाक्यले अघिल्लो वर्षको अभियान सफल भएबाट केही गर्न सकिन्छ भन्ने आत्मविश्वास पलाएको र यो अभियान पनि सफलतापुर्वक सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
विदेशमा रहेका नेपाली रेष्टुरेन्टलाई प्रयोग गरेर नेपाली स्वाद र परम्पराको विस्तार गर्ने उहाँले योजना सुनाउनुभयो।’जस्ताको तस्तै नेपाली स्वादलाई पस्कदा विदेशीले नरुचाउन पनि सक्छन्’ उहाँले भन्नुभयो,’यसको लागि हामी विदेशीहरुर्ला नेपाली परिकार उनीहरुरको जिब्रोले रुचाउनेगरी विकसित गर्नुपर्छ।’
वार्षिकोत्सवको अवसरमा बोर्डले युरोपको अभियान सफल भएको गएको वर्ष गरिएका धेरै कार्यक्रमबाट दश लाख पर्यटक ल्याउने साढे एक दशक अगाडि योजना सफलताको नजिक पुगेको बताएको छ। यो वर्ष करिब १० लाख पर्यटक आउने बोर्डका सिइओको विश्वास छ। आगामी वर्षहरुमा पनि यही संख्यालाई कायम राख्दै बढाउनको लागि विभिन्न प्रबद्र्धनात्मक कार्यक्रमलाई निरन्तरता दिइने उहाँले बताउनुभयो।
पर्यटनसँग सम्बन्धि मुख्य पूर्वाधार विमनस्थल, सडकहरु जस्ताको तस्तै हुँदा पनि यतिको संख्यामा पर्यटक आउनु सकारात्मक भएपनि यसलाई निरन्तरता दिन पर्यटन पूर्वाधार बनाउनैपर्ने दबाब रहेको उहाँको भनाइ छ।
पर्यटक अउनको मुख्य प्रवेशद्वार विमानस्थल भएपनि एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो हुँदै गएको छ। सन् २०२० सम्म २० लाख पर्यटक ल्याउने महात्वाकांक्षी सरकारी लक्ष्य हाँसिल गर्न विमानस्थल निर्माण गर्नुपर्ने आम सरोकारवालाहरुको भनाइ छ।