नेपाली सेना दिवस

ram naam satya

नेपालको प्रमुख सुरक्षा अङ्गका रूपमा रहेको नेपाली सेनाले आज शिवरात्रिका अवसरमा सेना दिवस मनाएको छ। सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा आज मङ्गलबार अपराह्न सैनिक मञ्च टुँडिखेलमा आयोजना भएको बढाइँ तथा सैनिक कला प्रदर्शनीमा प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको गोरखापत्र अनलाइनले लेखेको छ।

नेपाली सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ। सैनिक मञ्चमा सैनिक सामग्रीको प्रदर्शनीदेखि परेड (शस्त्राभ्यास), प्यारा जम्प, कवाज तथा तोप बढाइँसम्मका विविध कार्यक्रम समावेश गरिएका थिए। नेपाली सेनाको ब्यान्डले भारतीय र बेलायती सेनाको गोर्खा ब्यान्डसँग मिलेर संयुक्त रूपमा गीति नाट्य प्रस्तुत गर्नुका साथै उक्त कार्यक्रम समापनको अवसरमा आतशवादीसमेत गरिएको छ। उक्त समारोह अपराह्न ५ बजे सुरु भई करिब साँझ ७ बजेसम्म चलेको छ।

नेपाल एकीकरणको २५० वर्षगाँठका सन्दर्भमा हुन लागेको यस वर्षको सेना दिवस समारोहमा विशेष अतिथिका रूपमा भारतीय सेनाध्यक्ष विपीन रावतलाई आमन्त्रण गरिएको नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले जानकारी दिनुभयो। सेनाध्यक्ष रावत नेपाली सेनाको मानार्थ महारथी हुनुहुन्छ।

सैनिक मुख्यालय जङ्गी अड्डा मातहतका पृतना, बाहिनी, गण, गुल्ममा समेत सेना दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना हुनेछन्। सेना दिवसकै उपलक्ष्यमा जङ्गी अड्डामा बुधबार साँझ सांस्कृतिक कार्यक्रमसहित विशेष समारोह आयोजना हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *