नेपाली र चिनियाँ विज्ञापन व्यवसायीबीच सम्झौता

ram naam satya
पैचिङस्थित ओबिओआर अन्तर्राष्ट्रिय व्यापार तथा लगानी मञ्चमा नेपाली कम्पनी र चिनियाँ उद्यमी, व्यापारीबीच व्यापारिक आदानप्रदान र व्यापार तथा लगानी सम्झौता भएको छ।

कार्यक्रममा नेपाल र चीनको विज्ञापन व्यवसायलाई परिष्कृत बनाउन दुईदेशीय व्यापारिक आदान–प्रदानसम्बन्धी एक सम्झौतापत्रमा आनका पूर्वअध्यक्ष निर्मलराज पौडेलले हस्ताक्षर गर्नुभयो। साथै व्यापारिक सहकार्य र संयुक्त लगानीका लागि राजेश बज्राचार्य र चिनियाँ कम्पनीबीच सम्झौता भएको नागरिकन्यूज डटकमले जनाएको छ।

कार्यक्रममा मञ्चका नेपाल अक्ष्यक्ष भाष्करराज राजकर्णिकारले नेपाल र दक्षिण एसियाको लागि ओबिओआरको रणनीतिक योजना र समभावनाबारे आफ्नो विचार व्यक्त गर्नुभएको थियो।

राजकर्णिकारको नेतृत्वमा नौ सदस्यीय व्यापारिक मण्डल दक्षिण एसिया तथा दक्षिण पूर्वएसिया लगानी तथा व्यापार मेलामा सहभागी भएको हो। उक्त कार्यक्रममा सार्क उद्योग वाणिज्य संघका अध्यक्ष सुरज वैद्य, चीनका ओबिओआर अन्तर्राष्ट्रिय व्यापार तथा लगानी मञ्चका संस्थापक सु या, कार्यकारी अध्यक्ष जोङ जुझाङ लगायतले मन्तव्य राखेको मञ्चले जनाएको छ। कार्यक्रममा चीनका, नेपाल, बंगलादेश र भियतनामका सरकारी पदाधिकारी समेत सहभागी थिए। नेपालबाट दमक औद्योगिक पार्क समितिका अध्यक्ष गोविन्द थापा, नेपाल विज्ञापन संघका पूर्वअध्यक्ष एवं वेलकम ग्रुपका अध्यक्ष निर्मलराज पौडेल, लगायत उद्यमी व्यवसायीको समेत सहभागिता छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *