नेपाली चियाकाे निर्यात अाेरालाे

ram naam satya
नेपालबाट भारत र समुन्द्रपारि जाने कृषि उत्पादनको निर्यात पछिल्लो चार वर्षयता लगातार ओरालो लागेको छ। निर्यातको ठूलो हिस्सा ओगटेको चियाजन्य उत्पादनको निर्यातसमेत घट्दै जाँदा व्यापार घाटासमेत बढेको छ। आव ०७०-७१ सम्म चिया व्यापारले कुल निर्यातको २५ प्रतिशतभन्दा बढी हिस्सा ओगटेको थियो।

व्यापार तथा निकासी प्रवर्धन केन्द्र पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरका अनुसार आव २०७०÷७१ मा नेपालबाट कुल ३७ अर्ब ४९ करोड ३२ लाख ५० हजार ९९४ रुपियाँको सामग्री तथा वस्तु निर्यात भएको थियो । गोरखापत्र अनलाइनका अनुसार आव २०७१-७२ मा साडे चार अर्ब रुपियाँको निर्यात घटेको कार्यालयले जनाएको छ।

२०७१-०७२ मा ३३ अर्ब २८ करोड ६६ लाख ३६ हजार ९५७ रुपियाँ बराबरको सामग्री तथा वस्तु भारत तथा समुद्रपार निकासी भएको देखिन्छ । आव २०७२-०७३ को निर्यात झनै कमी छ । उक्त आवमा २०७१-७२ को तुलनामा साडे सात अर्बले कम निर्यात भएको छ भने २०७०-७१ को तुलनामा ११ अर्बले कमी भएको छ । कार्यालयले दिएको तथ्याङ्क अनुसार २०७२-७३ मा २६ अर्ब ७६ करोड ५७ लाख ८६ हजार ८७३ रुपियाँको मात्र निर्यात भएको छ।

गत आर्थिक वर्ष ०७३÷०७४ मा २६ अर्ब २९ करोड ७० लाख ५४ हजार २५९ रुपियाँको निर्यात व्यापार भएको कार्यालय प्रमुख कृष्ण रेग्मीले बताउनुभयो। यो निर्यात अघिल्लो वर्षको तुलनामा ३७ करोडले कमी हो।

नेपालबाट भारत र तेस्रो देश निकासी हुने सामग्री तथा वस्तुमा चियाजन्य वस्तुले ठूलो हिस्सा ओगटेको छ। २०७२-७३ मा कुल २६ अर्ब ७६ करोड ५७ लाख ८६ हजार ८७३ रुपियाँको मात्र निर्यात भएकोमा चियाजन्य वस्तु मात्र सात अर्ब १८ करोड ६१ लाख २१ हजार १८२ रुपियाँको निर्यात भएको थियो। यो निर्यात भएको कुल रुपियाँको २५ प्रतिशतभन्दा बढी हिस्सा हो तर गत आव २०७३-७४ मा ग्रीन टि, कालो चिया, तेजपात, चिया मसला र कफीको निर्यातसमेत एक अर्बभन्दा बढीले कमी छ।

गत आवमा छ अर्ब २७ करोड १४ लाख २३ हजार चार सय रुपियाँको चियाजन्य उत्पादन निर्यात भएको थियो । यस्तै आव २०७०÷७१ मा चियाको मात्र पाँच अर्ब ९९ करोड १६ लाख ५९ हजार ७१३ रुपियाँको निर्यात व्यापार भएको थियो। उक्त रकम कुल निर्यात व्यापारको २० प्रतिशतभन्दा कमी हो।

अझ चियाजन्य उत्पादनको आयात हरेक वर्ष बढी रहेको रेग्मीको भनाइ छ। उहाँका अनुसार आव २०७०÷७१ मा ३७ करोड ५१ लाख ९२७ रुपियाँको चियाजन्य उत्पादन आयात गरेको पूर्वाञ्चलले चार वर्षपछि अर्थात् गत आवमा एक अर्ब १२ करोड ५२ लाख ४९ हजार ६६८ रुपियाँको चिया आयात गरेको छ । यो आयात चार वर्षअघिको तुलनामा तेब्बर हो। उहाँले भन्नुभयो, चार वर्षअघि ३७ करोड ५१ लाखको आयात गर्दा छ अर्ब ३२ करोडको निर्यात व्यापार थियो । गत आवमा छ अर्ब २७ करोडको निर्यात गर्दा आयात एक अर्ब १२ करोडको भइसकेको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *