नेपाली खानाको अन्तर्राष्ट्रियकरण गर्न पकवान शास्त्र प्रशिक्षण

ram naam satya

नेपाली मौलिक खानाको अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यले पहिलो पटक अन्तर्राष्ट्रिय पकवान शास्त्र प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ। होटल एशोसिएसन अफ नेपाल (हान)ले रेस्टुराँ एण्ड बार एशोसिएसन अफ नेपाल, सेफ एशोसिएसन अफ नेपालको सहकार्य तथा नेपाल पर्यटन बोर्ड र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको सहयोगमा एक दिवसीय प्रशिक्षण आयोजना गरेको हो।

कार्यक्रममा अन्तर्राष्ट्रियस्तरमा प्रसिद्ध सिंगापुरका सेफ डा रिक स्टेफानले पकवान शास्त्र कलाबारे नेपाली सेफलाई प्रशिक्षण दिनुभयो। दुई सय ३३ नेपाली सेफ सहभागी भएको उक्त कार्यक्रममा डा रिकले नेपाली पकवान शास्त्रमा के–कस्ता आयाम थपिएका छन् र संसारका पकवान कलामा भित्रिएका नयाँ प्रविधि र कलालाई कसरी समिश्रण गरेर सेवालाई गुणस्तरीय बनाउने भन्नेबारे अभिमुखीकरण गराउनुभएको हानका महासचिव विनायक शाहले बताउनुभयो।

सो अवसरमा अन्तर्राष्ट्रिय सेफ एशोसिएसनका निर्देशकसमेत रहेका डा रिकलाई नेपाली मौलिक खानालाई अन्तर्राष्ट्रियकरण गर्ने अभियानकोतर्फबाट सद्भावना दूत घोषणा गरिएको थियो । डा रिक जुन देशमा पुग्छन् त्यहाँ नेपाली खानाको प्रचारप्रसार गर्नेछन्।

नेपाली मौलिक खाना अन्तर्राष्ट्रियकरण गरी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अभियन्ता शाक्यको अग्रसरतामा विभिन्न २३ वटा मौलिक खाना छनोट गरी प्रचार अभियान थालिएको गोरखापत्र अनलाइनले जनाएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *