नेपालले ‘सगरमाथा डायलग’ नामक एक अन्तर्राष्ट्रिय फोरम चलाउने

ram naam satya
नेपालले ‘सगरमाथा डायलग’ नामक एक अन्तर्राष्ट्रिय फोरम चलाउने भएको छ। अन्तर्राष्ट्रिय महत्त्वको समसामयिक विषयमा विमर्श चलाउन स्थायी मञ्चको आवस्यकता महसुस गर्दै मन्त्रिपरिषद परिषदको बैठकले यस्तो मञ्च निर्माणको निर्णय गरेको हो।

मन्त्रिपरिषदका निर्णय बिहीबार पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गर्ने प्रचलन सुरु गरिए पनि यो निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बैठक लगत्तै सार्वजनिक गरेको नेपालका अनलाइन मिडियाहरूमा खबर छ।

‘आजको मन्त्रीपरिषद बैठकका २ तत्काल सार्वजनिक निर्णय’ भन्दै उपरोक्त निर्णयका अलावा ‘२ वैशाखदेखि २ सातासम्म देशव्यापी रूपमा सबै तहका सरकारको पहलमा शिक्षा मद्वारा विद्यालय भर्ना अभियान सघन ढंगले सञ्चालन गर्ने’ निर्णय भएको पनि प्रेस सल्लाहकारले जनाएका छन्।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *