

नेपाल जनस्वास्थ्य प्रतिष्ठानले इपिडेमीयोलोजिक(महामारी रोग) अनुसन्धान सम्बन्धी अन्तर्राष्ट्रिय सम्मलेन गर्ने भएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदसँगको सहकार्यमा फाल्गुन २७ देखि चैत १ गतेसम्म उक्त सम्मेलन काठमाडौँमा हुने प्रतिष्ठानका अध्यक्ष डा.महेश मास्केले जानकारी दिनुभयो। सम्मेलनको अन्तिम तीन दिन तालिम आयोजना हुनेछ।
सम्मेलनबारे जानकारी दिन आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा डा.महेश मास्केले सम्मेलनको उद्धेश्य नै अनुसन्धानमा प्रयोग हुने इपिडेमीयोलिजीका विधि लगायतका बिषयमा छलफल हुने बताउनुभयो।
सम्मेलनका मुख्य वक्तामा बोस्टन युनिर्भर्सिटि स्कूल अफ पब्लिक हेल्थका डिन.स्यान्ड्रो ग्यालिया, पब्लिक हेल्थ फाउन्डेशन अफ बंग्लादेशका उपाध्यक्ष डा.शारमिन यासमिन लगायत नेपालका विज्ञहरुको पनि सहभागिता रहनेछ ।

सम्मेलनमा दक्षिण पूर्वी एसियाका विभिन्न राष्ट्ररुका विज्ञहरुका साथै नेपालका विभिन्न विश्वविद्यालय र स्वास्थ्य शिक्षण संस्थाका विज्ञहरुको पनि सहभागिता रहने छ।
