नेपालमा १५ औँ हस्तकला व्यापार मेलाको तयारी

ram naam satya
(GMT+08:00) 2017-11-16 14:07:08

नेपाल हस्तकला महासंघको आयोजनामा यही मंसिर १ गतेदेखि ५ गतेसम्म हुने १५ औँ हस्तकला व्यापार मेलाको सम्पूर्ण तयारी पूरा भएको छ। महासंघले बुधबार साँझ पत्रकार सम्मेलन गरी १५ औँ हस्तकला मेला तथा १३ औँ प्रतियोगितात्मक हस्तकला प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो।

सम्मेलनमा महासंघका अध्यक्ष धर्मराज शाक्यले वाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा हरेक वर्षझैँ यो वर्ष पनि हस्तकला मेला आयोजना गर्न लागेको र सो मेलाको तयारी पूरा भएको जानकारी दिनुभयो।

हाल नेपाली हस्तकलाको निर्यात अमेरिका, युरोपेली मुलुकहरु फ्रान्स, बेलायत, नेदरल्याण्ड, जापान, चीन, भारतलगायत ८० वटा मुलुकमा ५० भन्दा बढी थरीका हस्तकला निर्यात हुँदै आएको छ। स्वदेश तथा विदेशमा नेपाली हस्तकला झण्डै १० अर्ब बराबरको कारोबार हुने र प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा ११ लाख व्यक्तिले रोजगारी पाएको पत्रकार सम्मेलनमा जानकारी दिइयो।

मेलामा काष्ठकला, धातुकला, सुनचाँदी, फेल्ट, उनी, सुती, ढाका, जडीबुटी, अर्थोडक्स चिया, पश्मिना, हाते कागज, प्राकृतिक रेशा, बाँसजन्य सामानका नौ प्याभिलियनसहित २०० कक्ष रहनेछन्। तीमध्ये बंगलादेश, भुटान, चीनलगायतका ३० कक्ष रहने आयोजकले जनाएका छन्। मेलामा १३ औँ हस्तकला प्रतियोगितासमेत सञ्चालन गरिने भएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *