नेपालमा शैक्षिक ऋण लिनेको संख्या बढ्दो

ram naam satya
(GMT+08:00) 2017-12-10 14:20:02
       अघिल्लो वर्षको तुलनामा यो वर्ष शैक्षिक कर्जा करिब २८ प्रतिशतले बढेको छ। राष्ट्र बैंकका अनुसार गत असोजसम्म बैंक तथा वित्तीय संस्थाले १३ अर्ब ७८ करोड रुपैयाँ शैक्षिक कर्जा प्रवाह गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १० अर्ब ७१ करोड रुपैयाँ थियो।       अध्ययनका लागि विदेश जाने विद्यार्थीहरूको संख्या बढेसँगै शैक्षिक कर्जा पनि विस्तार भएको एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले बताउनुभयो। ‘अघिल्ला वर्षहरूमा अस्ट्रेलिया अध्ययनका लागि सम्पत्ति मात्र देखाए पुग्ने व्यवस्था थियो,’ उहाँले भन्नुभयो, ‘गत वर्षदेखि बैंक ऋण नै देखाउनुपर्ने व्यवस्था छ। यसकारण शैक्षिक कर्जा विस्तार भएको देखिएको हो।’ विदेशमा अध्ययन गर्नबाहेक स्वदेशका लागि शैक्षिक कर्जाको माग निकै न्यून रहेको रिसालको अनुभव छ।

यो प्रवृत्तिले चालु आर्थिक वर्षमा पनि निरन्तरता पाउने सम्भावना रहेको बैंकर बताउँछन्। चालु आवको प्रथम त्रैमासमै शैक्षिक कर्जा ७ प्रतिशतले बढेको छ। अस्ट्रेलियन सरकारको आधिकारिक वेबसाइटको तथ्यांकअनुसार २०१६ को जुलाई १ देखि २०१७ को जुन ३० सम्ममा १० हजार ८ सय ८१ नेपाली विद्यार्थीले भिसा पाएको देखिन्छ। प्रत्येक वर्ष अस्ट्रेलियामा जाने नेपाली विद्यार्थीको संख्या बढ्दो छ। यो वर्ष पनि सुरुआतको तीन महिनामा ३ हजार ३ सय ६२ जना विद्यार्थीले भिसा पाइसकेका छन्। यसका आधारमा यस वर्ष पनि १३ हजारभन्दा बढी अस्ट्रेलिया जाने निश्चितजस्तै भएको जानकारहरू बताउँछन्।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *