नेपालमा विद्युतीय बस चीनबाट लैजाने तयारी

ram naam satya

सार्वजनिक यातायातमा अर्को फड्को मार्ने गरी साझा यातायात ठूला विद्युतीय बस सञ्चालन गर्ने तयारीमा जुटेको छ। सार्वजनिक बस आयातको गृहकार्य थालेको साझा यातायात सञ्चालक समिति सदस्य तथा वातावरणविद् भुषण तुलाधर बताउनुभयो।

अहिले चिनियाँ बस निर्माता कम्पनी बीवाईडीबाट दुई वटा विद्युतीय बस तत्काल ल्याएर सञ्चालन गर्नेबारे छलफल भइरहेको र त्यसमा चिनियाँ कम्पनी पनि इच्छुक देखिएको उहाँले बताउनुभयो। ठोस सहमति जुटेमा साझाले केही महिनाभित्रै विद्युतीय बस भित्र्याउने अनलाइनखबरले लेखेको छ।

‘कम्तिमा सन् २०१८भित्र हामी २/४ वटा इलेक्ट्रिक बस ल्याउने योजनामा छौं। तर, लागत महँगो हुने भएकाले लगानी जुटाउन समस्या छ,’ तुलाधर भन्नुहुन्छ, ‘तर पनि, विभिन्न विकल्पमा छलफल अगाडि बढेको छ। सरकारले तत्परता देखायो भने नेपाल छिट्टै इलेक्ट्रिक बसको युगमा प्रवेश गर्छ।’

वातावरणीय दृष्टिले इलेक्ट्रिक बस निकै महत्वपूर्ण मानिन्छन्। अहिले काठमाडौंमा गुड्ने अधिकांश सार्वजनिक बसले प्रदुषण मापदण्ड पूरा गरेका छैनन्। विद्युतीय बस धुवाँरहित हुने भएकाले तिनको प्रयोगबाट काठमाडौंको प्रदुषण एकतिहाइ कम हुने अध्ययनहरुले देखाएका छन्। त्यसैले साझाले निजी क्षेत्रलाई पनि प्रोत्साहित गर्ने उद्देश्यका साथ उक्त योजना अगाडि बढाएको हो। साझा यातायायातसँग अहिले काठमाडौं र ललितपुर महानगरपालिकाले सहकार्य गर्दै आएका छन् ।

काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य विद्युतीय बसमा जान साझाले देखाएको तत्परतामा आफ्नो पनि साथ रहने बताउनुभयो। साझाले यस वर्ष एउटा सेमीफ्लोर बस ल्याइसकेको छ। थप २४ वटा सिटी बस खरिद प्रक्रिया थालेको छ। ती सबै आएपछि साझासँग ७५ वटा बस पुग्नेछन्। विद्युतीय बसका लागि सहुलियत ऋण उपलब्ध गराउन साझाले सरकारसँग प्रस्ताव गरेको छ। पेट्रोल र डिजेल बिक्रीमा प्रदुषण करवापत उठिरहेको रकमलाई पनि यसमा लगाउन सकिने साझाको सुझाव छ। अहिले प्रदुषण करवापत सरकारले इन्धनमा प्रतिलिटर ५० पैसा संकलन गरिरहेको छ। त्यसवापत कबिर पाँच अर्ब रुपैयाँ सरकारी कोषमा जम्मा भइसकेको छ। खर्च भने हुन सकेको छैन।

अहिले भीआईपी सुविधासहितको विद्युतीय बसको मूल्य करिब दुई करोड रुपैयाँ पर्छ। शुरुमा महँगो पर्ने भए पनि मर्मत खर्च डिजेल गाडीको भन्दा निकै कम पर्ने वातावरणविद् तुलाधर बताउनुभयो। विस्तारै मुलुकमा विद्युतमा आत्मनिर्भरतातर्फ बढेको छ। र, पेट्रोलियम आयात कम गर्न पनि बिजुलीको खपत बढाउनु जरुरी हुनेछ।

चिनियाँ कम्पनी बीवाईडीका अधिकारीहरु काठमाडौंमा सम्भाव्यता अध्ययन गर्न नेपाल आउँदैछन्। सरकारले सहयोग गरेमा बीवाईडीसँगको सहकार्यमा ३-४ महिनाभित्रै इलेक्ट्रिक बस काठमाडौंमा चलाउन सकिने साझाको दाबी छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *