नेपालमा लगानी गर्न बेलायतलाई आग्रह

ram naam satya

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको आर्थिक समृद्धि र विकासका लागि लगानी गर्न बेलायती रक्षा राज्यमन्त्री मार्क ल्यानकाष्टरसँग आग्रह गर्नुभएको छ। नेपाल भ्रमणमा आउनुभएका रक्षा राज्यमन्त्री ल्यानकाष्टरसँग एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा भएको सो शिष्टाचार भेटमा अध्यक्ष ओलीले सो आग्रह गर्नुभएको राष्ट्रिय समाचार समितिले लेखेको छ। जवाफमा ल्यानकाष्टरले हालैको निर्वाचनबाट नेपालमा वाम गठबन्धनले विजय हासिल गरेकामा बधाई दिँदै आफूहरु लगानी बढाउन सकारात्मक रहेको स्पष्ट पार्नुभएको भेटमा सहभागी एमाले नेता डा राजन भट्टराईले जानकारी दिनुभयो।

राज्यमन्त्री ल्यानकाष्टरले बेलायती सेनामा काम गर्ने पूर्वगोर्खा सैनिकको निवृत्तिभरण सुविधाबारेमा गठित संयुक्त प्राविधिक टोलीले गरिरहेको प्रगतिबारे अध्यक्ष ओलीलाई जानकारी गराउनुभएको थियो। नेपाल र बेलायतबीच २०२ वर्ष अघि कूटनीतिक सम्बन्ध स्थापना भएकाले गोर्खा सैनिकमाथि कुनै भेदभाव नहुनेमा विश्वस्त हुन ल्यानकाष्टरले आग्रह गर्नुभएको थियो।

यस्तै बेलायती चार्टर एकाउन्टेन्स पढ्ने विद्यार्थीका लागि नेपालमा समकक्षताका लागि देखिएको समस्याबारे पहल गर्न राज्यमन्त्रीले आग्रह गर्नुभएको थियो। नयाँ सरकार गठन र वाम एकता प्रक्रियाबारेमा पनि ल्यानकाष्टरले चासो व्यक्त गर्नुभएको बताइएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *