नेपालमा माग बढ्न थालेपछि केरूङ नाकाबाट नेपाल भित्रिँदै चिनियाँ स्याउ

ram naam satya
(GMT+08:00) 2017-11-30 14:53:51

अहिले चिनियाँ स्याउको माग बढ्न थालेकाले आयात गरिएका स्याउका कन्टेनरहरु रसुवागढी नाकाबाट नेपाल भित्रिन थालेका छन्।

टिमुरेस्थित सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्टका अनुसार निर्वाचनअगाडि सामान लिन केरुङबाट गएका ४०० कन्टेनर नेपाल भित्रने क्रममा रहेको र आज दिउसोसम्म एक सयवटा कन्टेनर नेपाल भित्रिसकेको छ । फर्केका कन्टेनरमध्ये ५० प्रतिशतले स्याउ र अन्य कन्टेनरले कस्मेटिक सामान लिएर आएको सशस्त्र प्रहरी निरीक्षक प्रेमसिंह धामीले जानकारी दिनुभयो।

सामान लिनका लागि आज थप १५ वटा कन्टेनर केरुङबाट त्यसतर्फ प्रस्थान गरिसकेको र भन्सार हातामा आएका कन्टेरनको जाँच पास धमाधम भइरहेको बताइएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *