नेपालमा बनेको बुद्धको मूर्ति दक्षिण कोरियामा स्थापित गरिँदै

ram naam satya

दक्षिण कोरियामा गौतम बुद्धको प्रतिमा स्थापना गर्ने अभियान सुरु गरिएको छ। कोरियाको सबैभन्दा पुरानो संस्था नेपाली सम्पर्क समिति (एनसीसी)को संयोजकत्वमा बनेको समितिले बुद्धको प्रतिमा नेपालबाट ल्याई स्थापना गर्न लागेको हो।
आठ फिट उचाइको बुद्धको प्रतिमा हाल नेपालमा निमार्ण भइरहेको समिति सदस्य डम्बर सुब्बाले जानकारी गराउनुभयो। तामाबाट बनाइने प्रतिमामा बाहिर सुनको जलप लगाइने छ। प्रतिमालाई एप्रिल महिनामा कोरिया भित्राउने तयारी छ। मे महिनामा कोरियमा मनाइने बुद्ध जयन्तीको अवसरमा बुद्धको प्रतिमालाई उक्त गुम्बा परिसरमा स्थापना गरिने छ। त्यसअघि कोरियाका विभिन्न ठाउँमा प्रतिमालाई र्‍यालीसहित परिक्रममा गराउने योजना रहेको अभियानले जनाएको छ।

बुद्धको प्रतिमालाई सोलबाट दक्षिणतर्फ ४८ किलोमिटर दूरीमा पर्ने ख्यंगीदो प्रान्तको योगंइन सहरको वाउछगंसा (स्लिपिङ बुद्ध) गुम्बाको प्रवेशद्वार नजिकै राखिने भएको छ। प्रतिमा रेखदेखको व्यवस्थापन गुम्बा प्रशासनले गराइदिने भएको छ।

विश्वमै बुद्धको पहिलो काठको प्रतिमाको रुपमा विश्व गिनिज बुकमा रेकर्ड राख्न सफल यो गुम्बा कोरियको एक मुख्य पर्यटकीय स्थान हो। यहाँ बुद्धिस्ट देशहरु भारत, श्रीलंका, चीन, थाइल्यान्ड र म्यानमरलगायत बुद्धका प्रतिमाहरु स्थापना गरिएको छ। कोरियाको बौद्ध धर्मको एक अनुसन्धान केन्द्र मानिने यो ऐतिहासिक गुम्बा इस्वीसम्वत् ६२३ मा खोगरियो राजवंशीको उच्च बौद्ध पूजारी बोडुकको नेतृत्वमा स्थापना गरिएको हो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *