नेपालमा प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन आज अपेक्षाकृत शान्तिपूर्ण रुपमा सम्पन्न

ram naam satya
(GMT+08:00) 2017-12-07 17:56:24

नेपालमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि आज बिहीबार भएको निर्वाचन अपेक्षाकृत शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। निर्वाचन आयोगले ७० प्रतिशत हाराहारीमा मतदान भएको जनाएको छ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रका जानकारी अनुसार सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साहजनकरुपमा व्यापक मतदाताको सहभागितामा मतदान कार्य सम्पन्न भएको कान्तिपुर अनलाइनले लेखेको छ।

सुर्खेतको वीरेन्द्र नगरपालिकाको सरस्वती मावि मतदान केन्द्रमा १०४ वर्षका ज्येष्ठ नागरिक पदमलाल थानीले मतदान गर्नुभएको छ। गुल्मीको जिल्लाको बलेटक्सार र नवलपरासी पश्चिमको सरावल गाउँपालिका–२ त्रिमूर्ति आवासीय विद्यालय मतदान केन्द्रमा दलीय बेमेलले ढिला मतदान सुरु भएको थियो।

दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रका गरी ७ हजार ७५२ मतदान स्थलका १५ हजार ३४४ मतदान केन्द्रमा मतदान भएको छ। बिहान सबेरै सुरु भएको मतदान आज बेलुका ५ बजेभित्र मतदान केन्द्रहरुमा प्रवेश गरिसकेका मतदाताहरुले मतदान गर्न पाउने व्यवस्था मिलाइएको थियो।

दोस्रो चरणको निर्वाचनमा कूल १ करोड २२ लाख ३५ हजार ९९३ मतदाता रहेका थिए।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *