नेपालमा थप २७ नयाँ शहर बन्ने

ram naam satya
सरकारले व्यवस्थित शहरी विकाससँगै जीवनस्तर उकास्न देशका विभिन्न स्थानमा नयाँ शहर स्थापना गर्ने भएको छ। विभिन्न नयाँ लोकमार्ग र बन्ने हुलाकी राजमार्गमा शहर स्थापना हुनेछन्।नयाँ शहरमा सबै भौतिक पूर्वाधार हुनेछन्।व्यवस्थित शहरको अवधारणाले समुचित विकास र आयआर्जनलार्इ समेत बढावा दिनेछ।शहरी विकास मन्त्रालयका अनुसार २७ नयाँ शहर,१३ स्मार्ट सिटी र ४ स्याटेलार्इन शहर निर्माण प्रक्रिया अघि बढाएको छ।

मध्यपहाडी लोकमार्ग तथा हुलाकी राजमार्गको तीन किलोमिटर आसपास र मधेशका विभिन्न स्थानमा गरि २७ नयाँ शहर र १३ स्मार्ट सिटी निर्माण अघि बढार्इएको हो।शहरी विकास तथा भवन निर्माण विभाग नयाँ शहर आयोजना समन्वय कार्यालयका कामु निर्देशक पराग कायस्थका अनुसार २०३० सम्ममा सबै शहरमा आवश्यक शहरी पुर्वाधार विकास भइसक्छ।

उपत्यकामा चारवटा स्याटेलार्इट शहर बनाउन परामर्शदाता कम्पनी छनोटका लागि मूल्यांकन भइरहेको उपत्यका विकास प्राधिकरणले जनाएको छ। यस अनुसार प्रत्येक शहरमा एक लाख मानिस राखिनेछ। एक बर्षभित्र सबै नयाँ शहर,स्याटेलार्इट सिटी तथा स्मार्ट सिटीको मोडालिटी तयार हुनेछ।

बिजमाण्डु अनलाइनका अनुसार मध्यपहाडी लोकमार्गमा १०, हुलाकी राजमार्ग १०,तरार्इ मधेशमा पाँच तथा पहाड थप दुर्इ गरि २७ नयाँ शहर निर्माण गर्न लागिएको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *