नेपालमा चिनियाँ भाषाप्रतिको आकर्षण बढ्दो

ram naam satya

चिनियाँभाषी पर्यटक र व्यवसायी बढेसँगै नेपालीमा चिनियाँ भाषामोह बढेको छ। चिनियाँ भाषा प्रयोगको बढ्दो क्रमसँगै चिनियाँ भाषा सिक्नेहरू पनि बढ्दै छन्। त्रिभुवन विश्वविद्यालयअन्तर्गत सञ्चालन भइरहेको विश्वभाषा क्याम्पसमा पहिलेपहिले अंग्रेजी, फ्रेञ्च, स्पेनी जस्ता भाषा सिक्नेको बाहुल्य हुने गरेको थियो तर हिजोआज चिनियाँ भाषामा विद्यार्थीको ‘क्रेज’ बढेको छ।

हाल विश्वभाषा क्याम्पसमा चार सय जना विद्यार्थीले चिनियाँ भाषा सिक्दैछन्। बोल्ने र लेख्ने दुवै सिकाउने पाठ्यक्रम नै लागू गरिएको छ। यस क्याम्पसमा २०२८ सालदेखि चिनियाँ भाषाको पढाइ हुँदै आएको छ। अहिले चार जना नेपाली र चार जना चिनियाँ भाषा शिक्षकले पढाइरहेका छन्। पहिलेभन्दा अहिले युवामा आकर्षण बढेको विश्वभाषा क्याम्पसका चिनियाँ भाषा शिक्षक हरिहर कार्की बताउनुहुन्छ।

गोरखापत्र अनलाइनका अनुसार आफूले एक दशकअघि चिनियाँ सिक्दाताका अहिलेजस्तो चिनियाँ सिक्ने ‘क्रेज’ नरहेको उहाँ स्मरण गर्नुहुन्छ।

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१८ मा एक लाख ५३ हजार चिनियाँ पर्यटक नेपाल आएका थिए। सन् २०१७ मा यो संख्या एक लाख चार हजार मात्र थियो। पर्यटक आवागमन वृद्धिसँगै गाइडको माग पनि बढेको पर्यटन व्यवसायी बताउँछन्। टुरिस्ट गाइड एसोसिएसन अफ नेपाल (टुर्गान) का सदस्यमध्ये एक सय जना गाइड चिनियाँ भाषाका छन्। न चीनले कोरियाले जस्तो कामदार लगिरहेको छ न त जापानलेझैँ विद्यार्थी ओसारिरहेको छ तर हिजोआज चिनियाँ सिक्ने लहर भने जापानी र कोरियनभन्दा कम छैन।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *