नेपालमा कफी उत्पादन बढ्दो तर निर्यात घट्दो

ram naam satya
(GMT+08:00) 2017-11-17 14:28:30

नेपालमा कफीको उत्पादन बढे पनि निर्यात घटेको छ। आर्थिक वर्ष २०७३/७४ मा अघिल्लो वर्षको तुलनामा ३२ टन बढी कफी उत्पादन भएको छ । तर, यो वर्ष करिब साढे १७ टन (१७ हजार तीन सय ७८ किलो) कम परिमाणमा कफी निर्यात भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले सार्वजनिक गरेको तथ्यांकमा यस्तो देखाएको हो । नेपालमा ४२ जिल्लामा उत्पादन भएको कफीको उत्पादन र निर्यात परिमाणलाई विश्लेषण गरी बोर्डले यस्तो तथ्यांक सार्वजनिक गरेको हो।

नेपालमा वार्षिक चार हजार टनको हाराहारीमा कफीको माग छ। बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले निर्यात गर्न आवश्यक मापदण्ड पूरा गरेका व्यवसायीले मागअनुसार उत्पादन नगरेका कारण निर्यात दर घटेको हो। सिन्धुपाल्चोक, ललितपुर र गुल्मीको कफी विश्वभरमै उत्कृष्ट मानिन्छ। यिनै तीन जिल्लामा उत्पादन हुने वार्षिक करिब ४० टनको हाराहारीमा अर्गानिक कफी दक्षिण कोरिया र जर्मनीमा निर्यात हुँदै आएको छ।

जापान, अस्ट्रेलिया, अमेरिका, कोरिया, जर्मनी, बेलायत, क्यानाडालगायत मुलुकमा अर्गानिक ग्रिन बिन (कफीको कच्चा पदार्थ) का रूपमा निर्यात हुन्छ। बाँकी कफी स्वदेशी बजारमा खपत हुन्छ। नेपालमा वार्षिक करिब ३० करोड मूल्यबराबरको चार सय ३४ टन कफी उत्पादन हुन्छ। यसमध्ये करिब ५० प्रतिशत निर्यात हुन्छ। अन्तर्राष्ट्रिय बजारमा वार्षिक आठ हजार मेट्रिक टन कफीको माग छ। नेपाली कफी विश्व बजारमा प्रतिकिलो १० डलरसम्ममा बिक्री हुन्छ। यो मूल्य अन्य मुलुकको कफीले पाउँदैनन् ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *