नेपालमा उर्जा सम्मेलन हुँदै

ram naam satya

१० वर्षमा ४० हजार मेगावाट’ विद्युत् उत्पादनको मुख्य लक्ष्य राखेर आगामी माघमा नेपाल पावर इन्भेष्टमेन्ट समिट २०१८ हुने भएको छ। आगामी माघ १३ देखि १५ सम्म (जनवरी २७–२९) मा ऊर्जा विकास परिषद् (ईडीसी) को आयोजनामा पावर समिट हुन लागेको हो। कारोबारका अनुसार १० वर्षमा ४० हजार मेगावाट जलविद्युत् आयोजनाको मुख्य लक्ष्यसहित विश्वका प्रतिष्ठित कम्पनीहरू र लगानीकर्ताहरूको संलग्नतामा पावर इन्भेष्टमेन्ट समिट आयोजना गर्न लागेको परिषदका अध्यक्ष सुजीत आचार्यले जानकारी दिनुभयो।

“आयोजनाहरूको लागि आवश्यक लगानी जुटाउने गरी समिटमा ५ अर्बदेखि २० खर्बसम्मको प्रतिवद्धता आउने लक्ष्य छ,” उहाँले भन्नुभयो, “१० वर्षमा ४० हजार मेगावाट विद्युत् निर्माण गर्न सकिन्छ, त्यसको लागि लगानी जुटाउन सकिन्छ।”

उहाँका अनुसार नेपालमा लगानीका लागि योग्य आयोजनाका प्रवर्द्धक र नेपालमा लगानी गर्न चाहाने विदेशी लगानीकर्ताबीच प्रत्यक्ष साक्षात्कार हुने समिटमा यसबारे विस्तृत रूपमा छलफल तथा लगानी जुटाउने योजनाबारे समेत कार्यक्रम हुनेछ। ‘१० वर्षमा ४० हजार मेगावाट’ विद्युत् उत्पादनको मुख्य लक्ष्य राखेर आगामी माघमा नेपाल पावर इन्भेष्टमेन्ट समिट २०१८ हुने भएको छ। आगामी माघ १३ देखि १५ सम्म (जनवरी २७–२९) मा ऊर्जा विकास परिषद् (ईडीसी) को आयोजनामा पावर समिट हुन लागेको छ। १० वर्षमा ४० हजार मेगावाट जलविद्युत् आयोजनाको मुख्य लक्ष्यसहित विश्वका प्रतिष्ठित कम्पनीहरू र लगानीकर्ताहरूको संलग्नतामा पावर इन्भेष्टमेन्ट समिट आयोजना गर्न लागेको परिषदका अध्यक्ष सुजीत आचार्यले जानकारी दिनुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *