नेपालमा अव ५ वटा मात्रै राष्ट्रिय दल

ram naam satya
   प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्दा पाँच दलमात्र राष्ट्रिय पार्टी बन्ने निश्चित देखिएको छ। समानुपातिकतर्फ नकपा एमालेले ४१, नेपाली कांग्रेसले ४०, माओवादी केन्द्रले १७, राजपा र संघीय समाजवादी फोरमले ६÷६ सिट ल्याउने देखिएको छ। मतगणना सकिँदासम्म पाँच दलमध्ये कुनैको एकदुई सिट थपघट हुन सक्ने नागरिकन्यूज डटकमले लेखेको छ।

        कुल मतको तीन प्रतिशत मतपरिणाम थ्रेस होल्ड राखिएका कारण अधिकांश साना दलको मत खेर जाने देखिएको छ। तीन प्रतिशतको मतको सीमितता राखिएकाले साना दलले प्राप्त गरेको मतको कुनै मूल्यांकन नहुने भएको हो। राष्ट्रिय पार्टी बन्न प्रत्यक्षतर्फ एक सिट र समानुपातिकमा ३ प्रतिशत मत कटाउनुपर्नेछ।

संघीय संसद्मा ३३ प्रतिशत महिला हुनुपर्ने अनिवार्य बाध्यता दलहरुलाई रहेको छ। समानुपातिकतर्फबाट सबैभन्दा धेरै एमालेले महिला पठाउनुपर्ने देखिन्छ। प्रत्येक दलले प्रत्यक्ष, समानुपातिक र राष्ट्रियसभा जुनसुकै माध्यमबाट एकतिहाइ महिलाको उपस्थिति बनाउनुपर्नेछ।

समानुपातिकतर्फ निर्वाचन आयोगमा ८६ दलले बन्दसूची बुझाएका छन् भने बन्दसूचि बुझाएकामध्ये ५ दलले मात्र प्रतिनिधित्व गर्न पाउने भएका छन्।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *